ताजा अपडेट

ट्रेन्डिङ

चौथो राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु, मार्चपास प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, पुस १, २०८२
718 पटक हेरिएको
चौथो राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु, मार्चपास प्रतियोगिता सम्पन्न

मध्यपुर ठिमी नगरपालिकाको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ आजदेखि सुरु भएको छ।

४३ विद्यालयका ५३९ छात्र र ४०५ छात्रा गरि कुल ९४४ विद्यार्थीको सहभागी सो प्रतियोगितामा ४ खेलका ३३ इभेन्तमा प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन समारोहको दिन भएको मार्चपास प्रतियोगितामा ३१ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेकोमा आदर्श मा.वि सानोथिमि-प्रथम ,भक्तपुर निस्त-दोश्रो,बिनायक शिक्षा निकेतन-तेस्रो र एस.ओ.एस हर्मन माइनर स्कुलले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ।

कार्यक्रमको उद्घाटन मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठज्यूले गर्नुभएको थियो। विजयी विद्यालयहरूलाई प्रमुख अतिथि मेयर विशिष्ट अतिथि उपमेयर तथा कार्यकारी अधिकृत ज्यूहरूले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो। आजदेखि सुरु भएको राष्ट्रपति रनिङशील खेलकुद प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ।

Messenger creation C6F36A51 8C40 4586 BA38 A0A06EE8EBD2

FB IMG 1765891164038