मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले आफ्नो मासिक कार्यतालिका अनुरूप यही २०८२ जेष्ठ ३० गते वादविवाद तथा हिज्जे प्रतियोगिता कार्यक्रमको भव्य आयोजना गरेको छ।
विनायक साहित्यिक क्लबको संयोजन र अतिरिक्त क्रियाकलाप समितिको कुशल व्यवस्थापनमा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको प्रमुख आतिथ्यता तथा सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको आतिथ्यतामा सम्पन्न भएको थियो ।
विद्यालयको कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरूले हिज्जे प्रतियोगितामा आफ्नो भाषिक दक्षता प्रदर्शन गरेका थिए भने कक्षा ८, ९ र १० का विद्यार्थीहरूका लागि “प्रविधिले विद्यार्थीको पढाइमा असर गर्छ” शीर्षकमा घमासान वादविवाद प्रतियोगिता आयोजना गरिएको थियो।
उक्त वादविवाद प्रतियोगिताका निर्णायकहरूमा विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र भट्टराई र अंग्रेजी शिक्षक कृष्णपन्थी रहेका थिए।
कार्यक्रमको समापनसँगै आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि एवं संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि उनीहरू भित्र लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउन विद्यालयले विभिन्न कार्यक्रमहरू आयोजना गरी अवसर प्रदान गरिरहेको र भविष्यमा पनि अझ धेरै अवसरहरू सिर्जना गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले सम्पूर्ण विजेता विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिए।
वादविवाद प्रतियोगितामा कक्षा १० कि छात्रा अमृता गोले प्रथम, कृषा प्रजापति द्वितीय, तुलज प्रजापति तृतीय र सुजिना कुम्पाखाले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए।