दक्षिण एसियाली शिक्षा क्षेत्रका अगुवाहरूलाई एकै ठाउँमा भेला गराउँदै सार्क शिक्षा सम्मेलन तथा पुरस्कार समारोह २०२५ शुक्रबार काठमाडौंको लेमन ट्री प्रिमियर, बुढानिलकण्ठमा सम्पन्न भएको छ।
शिक्षालयको आयोजनामा भएको यस महत्त्वपूर्ण कार्यक्रममा शिक्षाविद्, नीति निर्माता र सरोकारवालाहरूले दक्षिण एसियाली क्षेत्रमा शिक्षाको अवस्था, चुनौती र अवसरबारे गहन छलफल गरे। सम्मेलनका दौरान शिक्षामा नवीन र समावेशी दृष्टिकोणबारे विभिन्न प्रस्तुतीकरण, प्यानल डिस्कसन र अवार्ड वितरण गरिएको थियो।
कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शिक्षाविद् डा. विद्यानाथ कोइरालाले भक्तपुरका सात जना शिक्षाकर्मीलाई ‘दीर्घ शिक्षा सेवा सम्मान’ प्रदान गरी उनीहरूको योगदानको कदर गरेका थिए।
सम्मानित हुनेहरूमा विद्या आर्जन इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल पुरुषोत्तम ग्वाछा, विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापति, क्वालिटी इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल गोविन्द बहादुर खड्का, ज्योति ज्ञान एकेडेमी सेकेन्डरी स्कुलका प्रिन्सिपल देवानन्द त्वाति, मिनर्वा इङ्लिस स्कुलका प्रिन्सिपल राजेन्द्र दुवाल, इस्ट प्वाइन्ट एकेडेमी स्कुलका प्रिन्सिपल रमेश चन्द्र श्रेष्ठ र किकम्पा मन्टेसरीका प्रिन्सिपल राजेश लाखा रहेका छन्।
यस कार्यक्रमलाई ज्ञान खबर एजुकेसन एन्ड रिसर्च मिडिया (gyankhabar.com), मोन्टेसरी एसोसिएसन नेपाल, सिद्धार्थ विद्यापीठ, हिसान, नेपाल अध्यापक संघ, हिमालय कलेज लगायतका संस्थाहरूले सहआयोजना गरेका थिए।