इडेन गार्डेनमा विद्यार्थी निर्वाचन तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न
भक्तपुर, जेठ २१, २०८३ सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित इडेन गार्डेन इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी नेतृत्व चयन गर्ने उद्देश्यले आयोजित विद्यार्थी निर्वाचन तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा सानै उमेरदेखि नेतृत्व क्षमताको विकास गर्ने, जिम्मेवारीबोध गराउने तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति व्यावहारिक ज्ञान र अनुभव प्रदान गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयका अनुसार यस प्रकारका गतिविधिले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, निर्णय क्षमता, ...