ताजा अपडेट

ट्रेन्डिङ

नेपाल नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन २, २०८१
5204 पटक हेरिएको
नेपाल नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा करारमा भर्ना गर्ने गरी कर्मचारी माग गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै ए.ट्रा.स. सातौं तह, बरिष्ठ अधिकृत पदका लागि कर्मचारी माग गरेको हो ।

प्राधिकरणको स्वीकृत दरबन्दीमा रिक्त रहेका देहाय बमोजिमका पदहरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्न कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले २१ दिनभित्र प्राधिकरणको वेबसाइट www.caanepal.gov.np मार्फत दरखास्त दिन सकिनेछ ।

FB IMG 1739502568410