आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक कार्यतालिका अनुसार सन्तति आधारभूत विद्यालयको संयोजनमा ६ चरणको चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । २४ मध्ये १८ विद्यालयका ७० जना विद्यार्थी सहभागी यो प्रतियोगिता समितिको यस वर्षकै पहिलो कार्यक्रम हो ।
कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष सूर्यबहादुर फोजूले समितिले विद्यार्थीको क्षमता प्रस्फुटन गराउन यस्ता मञ्च प्रदान गर्दै आएको र प्रअ दीपक माकले अतिरिक्त क्रियाकलापले चौतर्फी विकासमा सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताका निर्णायक एवं चित्रकार बालकृष्ण बनमालाले कला क्षेत्र विद्यार्थीको भविष्य निर्माणको बलियो माध्यम बन्न सक्ने धारणा राख्नुभयो ।
कक्षा १ देखि ३ को छात्रतर्फ बालसेवक आविका युवराज घर्तीमगर प्रथम, सन्तति आविका युजन तामाङ द्वितीय, ब्रम्हायणी आविका कुशल तामाङ तृतीय तथा गणेश माविका रितिक जैसवाल र भीम आदर्श आविका रिदम तामाङ संयुक्तरूपमा सान्त्वना भए । सोही कक्षाको छात्रातर्फ तारा माविकी सन्ध्या कुमारी साह प्रथम, गणेश माविकी उजला रजक द्वितीय, नवीन आविकी रूक्सना खातुन तृतीय तथा ब्रम्हायणी आविकी कृति कलवार र बालसेवक आविकी सोनिया नेपाली संयुक्तरूपमा सान्त्वना भए ।
कक्षा ४ र ५ को छात्रतर्फ सन्तति आविका कासल सेराला प्रथम, नवीन आविका नेमार तामाङ द्वितीय, ब्रम्हायणी आविका सुनिल ठाकुर तृतीय तथा समाज सुधार माविका श्रृयल सिमाछ्वा र हंस बाहिनी आविका मुस्कान बाठामगर संयुक्तरूपमा सान्त्वना भए । छात्रातर्फ गणेश माविकी रिरिका श्रेष्ठ प्रथम, ब्रम्हायणी आविकी प्रिती कलवार द्वितीय, तारा माविकी गंगामाया घोले तृतीय तथा हंस बाहिनी आविकी नम्रता आलेमगर र बालसेवक आविकी पुज्ना लामा संयुक्तरूपमा सान्त्वना भए ।
त्यसैगरी कक्षा ६ देखि ८ को छात्रतर्फ गणेश माविका पंकज महत्तो प्रथम, दत्तात्रय आविका समीर थामी द्वितीय, तारा माविका वसन्त श्रेष्ठ तृतीय र बालसेवक आविका आयुष तामाङ सान्त्वना भए । छात्रातर्फ बालसेवक आविकी खुसी इङ्नाम प्रथम, गणेश माविकी सकिला स्याङतान थामी द्वितीय, तारा माविकी सुनिस्था घेमोसु तृतीय र सन्तति आविकी निशिका खत्रीले सान्त्वना स्थान हासिल गरे ।