ताजा अपडेट

ट्रेन्डिङ

२२ वर्षको युवक बने सफल उद्यमी

Gyan Khabar

ज्ञानखबर संवाददाता

१२ माघ २०७९, बिहिबार
646 पटक हेरिएको
२२ वर्षको युवक बने सफल उद्यमी

भक्तपुरका एक युवक २२ वर्षको कलिलो उमेरमै सफल उद्यमी बन्न सफल भएका छन् । कुखुरा व्यवसाय मार्फत उनी जिल्लाकै चिरपरिचित उद्यमी बन्न सफल भएका हुन्। उनले जिजे पोल्ट्री प्रालि नामक पोल्ट्री फार्म सञ्चालन गर्दै आएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती भक्तपुरमा कार्यालय स्थापना गरेर शिशिर किसीले महिनामा घटीमा एक करोडभन्दा बढीको कारोबार गर्न सफल हुँंदै आएको छ । जिजे पोल्ट्री प्रालिमार्फत् उनले कुखुराको दाना बनाउने, ह्याचरी (अण्डाबाट कुखुराको चल्ला उत्पादन गर्ने) र व्रिडर्स (ब्रोइलर कुखुराको माउ तयार पार्ने अर्थात् बच्चा कोरल्ने कुखुरा तयार पार्ने) व्यवसाय चलाउँदै आएका छन् । यसका लागि उनले काभ्रेको धुलिखेलको ९२ रोपनी क्षेत्रफलमा व्रिडर्स फार्म राखेका छन् भने भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलको ८ रोपनी क्षेत्रफलमा ह्याचरी उद्योग सञ्चालन गर्दै आएका छन् ।

साथै सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती भक्तपुरमा दाना उद्योग पनि सञ्चालन गर्दै आएका छन्। ‘यस व्यवसायमा सबैभन्दा ठूलो चुनौतीको काम नै उत्पादित चल्ला बजारमा बिक्रीवितरण गर्नु हो, शिशिरले भने, ‘यसकारण म मुख्य गरी यो कामको जिम्मेबारीमा छु।’ यसबाहेक अरू कामका लागि आफूले झण्डै चार दर्जन कर्मचारी कामदार राखेको उनले जनाए ।

हप्तामा ६० हजार गरेर महिनामा दुई लाख ४० हजार चल्ला उत्पादन हुने र प्रतिचल्ला ५० रूपैयाँंको हिसाब गर्दा महिनामा एक करोड २० लाखको कारोबार हुने उनले जनाए । प्रतिचल्लाको मूल्य ३० रूपैयांँदेखि ६० रूपैयाँंसम्म पुग्ने हुनाले मासिक यति नै रूपैयाँंको कारोबार हुन्छ भन्न गाह्रो भए पनि सालाखाला महिनामा एक करोडको कारोबार हुने उनले जनाए ।

बेलायतबाट सम्बन्धन प्राप्त गरी राजधानीमा सञ्चालनमा रहेको इस्लिङटन कलेज काठमाडौंबाट हालै मात्रै अर्थात् सन् २०२२ मा बीबीए उतीर्ण गरेका उनले कक्षामा सर्वाेत्कृष्ट विद्यार्थी भएकै कारण स्नातकोत्तर पढ्न पूर्ण छात्रबृत्तिका साथ अमेरिका जाने अवसर पाएका थिए तर उनी गएनन् । ‘म जस्ता सबै युवा यसरी नै विदेश पलायन हुँंदै जाने हो भने हाम्रो देशमा उद्योग धन्दा कसरी चल्लान् ? देशका युवालाई संकेत गर्दै उनले भने, त्यसकारण देशमै बसौं, देशमै केही गरौं।’ उनी दिउँंसोको समयमा आफनो व्यापार व्यवसाय हेर्न मिल्ने गरी नेपालमै बिहानको समयमा स्नातकोत्तर तहको आईवीएम (इन्टरनेशनल विजनेश म्यानेजमेन्ट) पढने तयारीमा छन् ।