ताजा अपडेट

ट्रेन्डिङ

वार्षिक दस करोडको छात्रबृति प्रदान गर्दै नेपाल इन्जिनियरिङ कलेज

Gyan Khabar

ज्ञानखबर

३१ साउन २०८१, बिहिबार
824 पटक हेरिएको
वार्षिक दस करोडको छात्रबृति प्रदान गर्दै नेपाल इन्जिनियरिङ कलेज

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरले वार्षिक झण्डै १० करोडको छात्रबृति प्रदान गर्दै आएको जनाएको छ । कलेजले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सालाखाला प्रति विद्यार्थी १० लाखको दरले झण्डै एक सय विद्यार्थीलाई छात्रबृति वितरण गर्दै आएको जनाएको हो ।

पत्रकार सम्मेलनमा भक्तपुरको चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष जीवन खत्रीले आफनै पैसाबाट इन्जिनियरिङ पढ्न नसक्ने विविध थरीका विद्यार्थीलाई कलेजले वार्षिक छात्रबृति प्रदान गर्दै आएको जानकारी गराए । कलेजका प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारी विभिन्न ८ शीर्षकहरुमा विद्यार्थीलाई छात्रबृति प्रदान गर्दै आएको जनाए ।

कलेजमा स्नातक तहका विभिन्न क्षेत्र गरी कुल वार्षिक चार सय ८० जनाको कोटा रहेको छ । कलेज पोखरा विश्वविद्यालयको सम्वन्धनमा सञ्चालित छ । नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा कलेज सञ्चालित छ ।