ताजा अपडेट

ट्रेन्डिङ

विश्वविद्यालय अनुदान आयोगद्वारा उच्चशिक्षा छात्रवृत्तिका लागि आवेदन आव्हान

Gyan Khabar

ज्ञानखबर

मङ्ल, फाल्गुन १३, २०८१
3868 पटक हेरिएको
विश्वविद्यालय अनुदान आयोगद्वारा उच्चशिक्षा छात्रवृत्तिका लागि आवेदन आव्हान

विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन फाराम आव्हान गरेको छ ।

विश्वविद्यालय अनुदान आयोग कार्यक्रम कार्यविधि २०८१ तथा उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन ( पहिलो संसोधन) निर्देशिका, २०८० अनुरुप उच्च शिक्षामा पहुँच अभिबृद्धिका लागि अपाङ्गता भएका, आर्थिक रूपले विपन्न वा दलित, शहीद तथा द्वन्द्व पीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरुप आवेदन आव्हान गरिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा स्नातक/ स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूबाट यही २०८१ चैत्र १३ गतेभित्र छात्रवृत्तिसम्बन्धी दरखास्त फारम आयोगको वेभसाइट www.ugcnepal.edu.np मार्फत २०८१ चैत्र १३ गतेभित्र अनलाइन आवेदन भर्न सक्ने बताइएको छ ।

Ugcscholargk