ताजा अपडेट

ट्रेन्डिङ

ऑडिसंकरा कलेजको भर्ना र छात्रवृत्ति सम्बन्धी प्रेस भेटघाट कार्यक्रम

Gyan Khabar

ज्ञानखबर

१० भदौ २०८१, सोमबार
1181 पटक हेरिएको
ऑडिसंकरा कलेजको भर्ना र छात्रवृत्ति सम्बन्धी प्रेस भेटघाट कार्यक्रम

ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (ACET) ले इन्फरमेटिक्स कन्सल्टेन्सीमा आगामी शैक्षिक वर्षका लागि भर्ना र छात्रवृत्ति सम्बन्धी प्रेस भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कलेजको इन्जिनियरिङ र प्रविधि शिक्षामा उत्कृष्टताको प्रतिबद्धता, साथै योग्य र प्रतिभाशाली विद्यार्थीहरूका लागि उपलब्ध छात्रवृत्तिहरूको बारेमा छलफल गरिएको थियो । कलेजले भविष्यका इन्जिनियर र प्रविधिज्ञहरूलाई समाजमा महत्वपूर्ण योगदान पुर्याउन सक्षम बनाउने आफ्नो प्रतिबद्धता गरिएको थियो ।

विशेष अतिथि एवं कलेजका निर्देशक डा. मोहन गारूले कलेजको शैक्षिक उत्कृष्टता प्रतिको प्रतिबद्धता माथि जोड दिए । त्यसैगरि कलेजका अन्तर्राष्ट्रिय भर्ना निर्देशक चैतन्य श्रीनिवासराजेले भर्ना प्रक्रिया, उपलब्ध छात्रवृत्ति र कलेजले आफ्ना विद्यार्थीहरूलाई प्रदान गर्ने विभिन्न अवसरहरूको विस्तृत जानकारी प्रस्तुत गरे ।

इन्फरमेटिक्स कन्सल्टेन्सीका निर्देशक ज्ञानेन्द्र मान जोशीले इन्फरमेटिक्स कन्सल्टेन्सीको शैक्षिक परामर्शदाताका रूपमा विद्यार्थीहरूलाई शैक्षिक लक्ष्यतर्फ मार्गदर्शन गर्नको लागि महत्त्वपूर्ण भूमिका रहेको बारेमा जानकारी दिए।

कार्यक्रममा इन्फरमेटिक्स कन्सल्टेन्सीको भारत प्रमुख शिव न्यौपानेद्वारा कलेज र इन्फरमेटिक्स कन्सल्टेन्सी बीचको रणनीतिक सहकार्यको बारेमा र साझेदारीले भर्ना प्रक्रियालाई सहज बनाउने र विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक अवसरहरू प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।

ACET र इन्फरमेटिक्स कन्सल्टेन्सी बीचको सहकार्यले शैक्षिक अवसरहरूलाई सुधार गर्दै र विद्यार्थीहरूलाई छात्रवृत्ति प्राप्त गर्नमा मद्दत गरेको जानकारी प्रदान गरिएको थियो ।