ताजा अपडेट

ट्रेन्डिङ

संघर्षको र सफलताको यात्रा: धेरै जसो वैकल्पिकमा परे, १३ औं प्रयासमा शाखा अधिकृत बने

Gyan Khabar

ज्ञानखबर संवाददाता

५ फाल्गुण २०७९, शुक्रबार
271 पटक हेरिएको
संघर्षको र सफलताको यात्रा: धेरै जसो वैकल्पिकमा परे, १३ औं प्रयासमा शाखा अधिकृत बने

वि. सं २०७४ को असोजबाट लोकसेवा आयोगको तयारी सुरुवात गरेका भक्तपुरको ताथली, साैडाेलका अमृत थुयाजुले लोकसेवा आयोगले लिइएको विभिन्न परीक्षामा १४ औं पटक सफल भएका छन्।

थुयाजू भक्तपुरमा मध्यमवर्गीय परिवारमा जन्मिए। बुवा स्कुलको कार्यालय सहयोगी हुनुहुन्छ। शिक्षा शास्त्र अध्ययन गरि पाँच वर्ष शिक्षण पेशामा संलग्न थिए।

उच्च शिक्षा अध्ययन गर्दै गर्दा साथीहरूको प्रेरणाले लोकसेवातर्फ आकर्षित भए। लोकसेवाको तयारी गर्न थाले। २०७४ सालबाट लोकसेवा तयारी गरेका उनले पहिलो प्रयासमै राष्ट्रिय अनुसन्धानमा नाम निकाले, तर, वैकल्पिकमा परे। दुग्ध विकास संस्थानको खासै तयारी नगर्दा पनि अनुसन्धानको तयारीले जनजातिमा नाम निस्कियो र छनोट भए। लोकसेवा भन्ने थाहा नहुँदा नहुँदै पनि यता आकर्षित भए।

लगातार चार पटक वैकल्पिकमा परे जुन बेला निकै तनाव महसुस गरेका थिए। पहिलो पटक वैकल्पिकमा पर्दा सोर्सफोर्स लाग्छ झैँ महसुस गरेका थिए । वैकल्पिक पर्दा निराश भएन भने त्यसले मानिसलाई थप बलियो बनाएर उठाउँछ भन्नेमा विश्वस्त थिए।

थुयाजूले भने “कुनै पनि परीक्षालाई सानो ठान्नु हुँदैन। तनावरहित भएर समय व्यवस्थापन गर्दै जाने हो। सफलतामा पुग्नका लागि आफ्नो लक्ष्य भुल्नु हुँदैन। लक्ष्य भुलेको वा निराश भएको भए अहिले यो अवस्थामा पुग्ने नै थिइनँ। कसैलाई कुनै बेला मनमा विभिन्न भावना आए मलाई सम्पर्क गरेर प्रेरणा लिन पनि सक्नुहुन्छ।”

हाल थुयाजू नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अधिकृत छैटौंमा कार्यरत छन ।

उनको संघर्षको क्रम र उनकाे सफलताको आराेहण यात्रा यस्तो छ :
१. राष्ट्रिय अनुसन्धान विभाग – २०७५ अनुसन्धान सहायक (वैकल्पिक)
२. दुग्ध विकास संस्थान -२०७५ प्रशासन सहायक तह ४ (सिफारिस)
३. शिक्षक सेवा आयोग -२०७६ प्रा.वि. भक्तपुर
४. संघिय निजामती खरिदार बुटवल-२०७६ (वैकल्पिक)
५. नेपाल दुरसञ्चार प्राधिकरण – २०७६ बरिष्ठ सहायक तह ५ (बैकल्पिक)
६. राष्ट्रिय न्यायिक प्रतिष्ठान- २०७८ बरिष्ठ सहायक तह ५ (बैकल्पिक)
७. नेपाल विधुत प्राधिकरण -२०७९ सहायक तह ४ (सिफारिस)
८) नेपाल पुर्नविमा कम्पनी लि -२०७९ बरिष्ठ सहायक तह ५ (खुला १ नं सिफारिस )
९. विश्व विद्यालय अनुदान आयोग – २०७९ बरिष्ठ सहायक तह (५ खुला १ नं सिफारिस)
१०. नेपाल नागरिक उड्डयन प्राधिकरण -२०७९ प्रशासन सहायक तह ४ (अन्तर्वार्तामा सहभागी नभएको )
११. नेपाल नागरिक उड्डयन प्राधिकरण -२०७९ सहायक राजश्व तह ४ (अन्तर्वार्तामा सहभागी नभएको)
१२. संघिय निजामती खरिदार काठमाडौं -२०७९ (अन्तर्वातामा सहभागी नभएको)
१३. नेपाल नागरिक उड्डयन प्राधिकरण -२०७९ प्रशासन अधिकृत तह-६ सिफारिस- हाल कार्यरत
१४. नेपाल टेलिकम – २०७९ तह ४ अन्तर्वाता बाँकी ।

उनलाई हार्दिक बधाई र सफलताको शुभकामना ।