ताजा अपडेट

ट्रेन्डिङ

हलेसी तुवाचुङ नपाले इन्जिनियरिङ पढ्न छात्रवृत्ति प्रदान

Gyan Khabar

ज्ञानखबर

शुक्र, बैशाख ७, २०८१
621 पटक हेरिएको
हलेसी तुवाचुङ नपाले इन्जिनियरिङ पढ्न छात्रवृत्ति प्रदान

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुईजनालाई जनही एक लाख रुपैयाँ प्रदान गरेको छ ।

नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मंगलटारका हेमन राईलाई उक्त रकमको चेक प्रदान गरेको हो । नगर कार्यपालिकाद्वारा पारित छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलोपटक दुई छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिए ।

नगरपालिकाले रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिएको छ, नगरपालिकाभित्रका छात्रछात्रालाई प्राविधिक विषय अध्ययन गर्न प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको राईले जानकारी दिए ।  उनले भने, चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन तथा वातावरण विज्ञान, इन्जिनियरिङ र सूचना प्रविधिका विषय गरी पाँच विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई रकम प्रदान गरिनेछ ।