भारतीय राजदूतावास, काठमाडौंले महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीहरुबाट अनलाइन आवेदन आह्वान गरेको छ ।
नेपालको कुनै पनि मान्यता प्राप्त शैक्षिक संस्थामा अध्ययनरत कक्षा ११ (डिप्लोमा बाहेक) को नियमित विद्यार्थीले कक्षा ११ का लागि “महात्मा गान्धी छात्रवृत्ति योजना २०२५-२६” तथा स्नातक तह प्रथम वर्षमा अध्ययनरत (डिप्लोमाको हुनुभएन ) नियमित विद्यार्थीका लागि “स्वर्ण जयन्ती छात्रवृत्ति योजना २०२५-२६” मा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरुप आवेदन आव्हान गरिएको हो ।
इच्छुक विद्यार्थीहरूले यही २०८२ आश्विन २० देखि कार्तिक १६ गतेसम्म वेब पोर्टल www.goischolarship.com.np मार्फत अनलाइन आवेदन फाराम पेश गर्न सकिने बताइएको छ ।