ताजा अपडेट

ट्रेन्डिङ

नेशनल प्याव्सन भक्तपुरको पेशागत क्षमता एवं व्यक्तित्व विकास विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

५ चैत २०७८, शनिवार
43 पटक हेरिएको
नेशनल प्याव्सन भक्तपुरको पेशागत क्षमता एवं व्यक्तित्व विकास विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेशनल प्याव्सन भक्तपुरले पूर्व प्राथमिक तह स्तरोन्नतिका लागि शिक्षकहरुको पेशागत क्षमता एवं व्यक्तित्व विकास विषयक अभिमुखीकरण कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न भएको छ ।

आफ्ना सदस्य विद्यालयहरुमा शिक्षाको जगको रुपमा रहेको पूर्व प्राथमिक तह अर्थात् प्रिस्कुललाई प्रभावकारी, बालमैत्री र सिकाईमैत्री बनाउन पूर्व प्राथमिक तह अर्थात प्रि स्कुल तह सुदृढ गर्ने उद्देश्यले “पूर्व प्राथमिक तह स्तरोन्नति–२०७८” कार्यक्रमको सुरुवात गरेसँगै सूर्यविनायक रिसोर्टमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

यही चैत्रबाट सदस्य विद्यालयरुमा सुरु गरिने “पूर्व प्राथमिक तह स्तरोन्नति–२०७८” कार्यक्रम स्कुल स्कुलमा पुराउनु अगाडि सहजीकरणको लागि कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कुलका संचालक÷प्रिन्सिपल संजय खड्काले जब प्रि स्कुलका शिक्षकहरुको स्तर बढ्छ तब मात्र स्कुलले प्रगति गर्न सक्छ भन्दै असारमा ध्यान रोपेर मंसिरमा राम्रो फल पाउन उचीत मलजल र गोडमेल गर्नु परे जस्तै शिक्षकहरुको लागि पनि निरन्तर क्षमता अविवृद्धिका कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

निजी विद्यालयको स्तरोन्नति भए मात्र शिक्षकहरुलाई पनि प्रोत्साहन सुविधाहरु दिन सकिने भएकाले पूर्व प्राथमिकका शिक्षकहरु नै स्कुलको शैक्षिक जग भएकाले परिस्कृत रुपमा आफ्नो विद्यालयमा कार्य गर्न हौसला दिँदै उपस्थित एक सय ४६ जना शिक्षकहलाई धन्यवाद व्यक्त गर्नुभयो ।

साथै अध्यक्ष खड्काले मन्टेश्वरीको बोर्ड र प्ले स्टेसन हुँदैमा राम्रो इसिडी तथा प्रिस्कुल नहुने भएकाले निरन्तर तालिम र शिक्षकहरुलाई पूनर्ताजगी प्रदान गरी शैक्षिक प्रवर्द्धनका लागि फिनिक्स मन्टेश्वरीसँग सहकार्य गरिएको बताए ।

पूर्व प्राथमिक तहका शिक्षकहरुको क्षमता विकास गर्न र शिक्षालाई गुणस्तरीय बनाउन आयोजित अभिमुखीकरण कार्यक्रममा फिनिक्स मन्टेश्वरीकी संचालिका एवं प्रशिक्षकद्वय रीता घिमिरे तिमिल्सिना र रीता आचार्यले सहजीकरण गर्नु भएको थियो ।

नेशनल प्याब्सन भक्तपुर र फिनिक्स मन्टेश्वरी तालिम सेन्टर कुमारीपाटीबीच सहकार्य गर्ने सम्झौता भएकोले विद्यालयलाई मजबुत बनाउन फिनिक्स मन्टेश्वरीले शिक्षकहरुलाई तालिम दिने, अभिभावक शिक्षा सञ्चालन गर्ने र आवश्यक शैक्षिक परामर्श समेत दिने लगाएतका सम्पूर्ण कार्यमा सघाउने भएको छ ।