ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा विभिन्न प्रतियोगिताहरु सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

९ मङ्सिर २०७९, शुक्रबार
157 पटक हेरिएको
विनायकमा विभिन्न प्रतियोगिताहरु सम्पन्न

मध्यपुर ठिमी भक्तपुर विद्यार्थीहरूको सफल र प्रभावकारी शिक्षणमा सदा अग्रसर तथा सर्वाङ्गीण विकासमा अतिरिक्त क्रियाकलाप तथा पाठ क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरालाई आत्मसात् गर्दै आइरहेको विद्यालय विनायक शिक्षा निकेतन ,मध्यपुर ठिमीले यहि मंसिर ९ गते विद्यालयको वार्षिक क्यालेन्डर अनुसार प्रावि तहमा हाजिरीजवाफ र मावि तहका लागि वक्तित्वकला प्रतियोगिताको आयोजना गर्यो ।

विनायक अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा आयोजित उक्त कार्यक्रम अन्तर्गत कक्षा १-३ का लागि हाजिरीजवाफ र कक्षा ६ देखि १० सम्मका लागि वक्तित्वकला कार्यक्रमको आयोजना भएको थियो ।बकृत्वकला तर्फ करीब ५० जना विद्यार्थीहरु सहभागी भएको उक्त प्रतियोगितामा विद्यार्थीहरुले मोबाइल फोनको बढ्दो प्रयोग र त्यसले पढाईमा पारेको गम्भीर असर बारे आफ्नो धारणा राख्दै प्रविधिको प्रयोग पढाइको स्तर उन्नतीका लागि गर्नुपर्ने र अवनतिका लागि गर्न नहुने धारणा राखेका थिए ।

कार्यक्रममा सोबारे बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीको बुझाई अनुसार प्रविधिलाई सही र वास्तविक उपयोग गरी अगाडि बढ्न र आफूलाई हानिनोक्सानी हुने गरिब मुल्यवान समयलाई खेर जान नदिने सबैलाई सुझाव दिनुभयो साथै सो कार्यक्रममा िनियर र जुनियर गरि ६ उत्कृष्ट जना विद्यार्थीहरु १) प्रतीक ढुङेल २) तुलज प्रजापति ३) टिका मगर ४)अक्षत ठाकुर ५)अरिस्ता ओलि ६)एमस तामाङ लाई विद्यालयको तर्फबाट पुरस्कार वितरण समेत गरिएको थियो।