ताजा अपडेट

ट्रेन्डिङ

आइएसएमटी कलेजका ३०८ जना विद्यार्थी दिक्षित

Gyan Khabar

ज्ञानखबर

आइत, मंसिर ११, २०७९
145 पटक हेरिएको
आइएसएमटी कलेजका ३०८ जना विद्यार्थी दिक्षित

काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले दिक्षान्त समारोह गरेको छ । सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रोफेसर जोन मुरे र अभिभावकहरुको उपस्थितिमा दिक्षान्त समारोह सम्पन्न गरेको कलेजले जनाएको छ ।

जहाँ बिबिए, बिएचएम र बीएस्सी आइटी उत्तीर्ण ३०८ जना विद्यार्थी दिक्षित भएको कलेजले जनाएको छ । आइएसएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धन कलेज संचालन गरिरहेको छ ।