प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मधेश प्रदेश कार्यालय जनकपुरधाम, धनुषाले नयाँ थप संस्थाहरू तथा रिक्त सिटहरूका लागि डिप्लोमा / प्रि-डिप्लोमा तहको कार्यक्रम अनुसार वर्गीकृत ( निःशुल्क ) छात्रवृत्तिमा / पूर्ण शुल्कीय उत्तीर्ण सूचीमा रहेका परीक्षार्थीहरू मध्येबाट योग्यता क्रम अनुसार भर्नाका लागि सूचना प्रकाशित गरिएको छ ।
परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको मिति २०७९/०९/१८ गतेको सूचना र मधेश प्रदेश कार्यालयको मिति २०७९/०९/१९ गतेको सूचना बमोजिम प्रमाणपत्र तह नर्सिङ/फार्मेसी कार्यक्रममा तथा रिक्त रहेका सिटहरूमा वैकल्पिक/पासलिस्ट उम्मेदवारहरूबाट योग्यता क्रम अनुसार यस मधेश प्रदेशबाट सम्बन्धित कार्यक्रममा प्रवेश परीक्षा दिएका परीक्षार्थीहरूबाट छनोट गर्नुपर्ने भएकोले परीक्षार्थी आफू स्वयं उपस्थित भएका परीक्षार्थीहरूलाई योग्यता क्रम अनुसार नतिजा प्रकाशन गरिएको हो ।
छनोट भएका उम्मेदवारहरूले सम्बन्धित शिक्षण संस्थामा २०७९/०८/२४ गतेभित्र र सो दिन बिदा परेमा कार्यालय खुलेको दिन कार्यालय समयमा आफ्नो शैक्षिक योग्यताका सक्कलै कागजपत्र, नागरिकता/जन्म दर्ता कागज, लक्षित वर्गमा छनोट भएको भए सोको प्रमाण पत्रहरू र प्रवेश पत्रको एक/एक प्रति प्रतिलिपि र पासपोर्ट साइजको चार प्रति फोटो सहित सम्बन्धित शिक्षण संस्थामा भर्ना हुन भनिएको छ ।