भक्तपुरको एउटा स्कुलका विद्यार्थीले खेर गएको सामान वस्तुहरुको उपयोगबाट बनाइएको शुक्रबार प्रदर्शन गरेका छन् । भक्तपुरको एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जाडो विदामा गृहकार्यको रुपमा दिएको खेर जाने सामान वस्तुहरुबाट बनेको सामानहरुको प्रदर्शनी गरिएको छ ।
स्कुलको आयोजनामा भएको यस कार्यक्रमलाई Best From Waste Exhibition नामाकरण गरिएको छ । स्कुलमा अध्ययनरत छात्रछात्राहरुले खेर जाने वस्तुहरुबाट बनाइएका विभिन्न सामानहरुको एकदिने प्रदर्शनी भएको हो । स्कुलमा अध्ययनरत एक हजार भन्दा वढी विद्यार्थीले एक हजार भन्दा वढी प्रकारका सामानहरु बनाई प्रदर्शन गरिएको हो । आआफूले बनाएका सामानहरु स्कुलका सवै विद्यार्थीलाई लहरै लगिएर प्रदर्शनीको अवलोकन गराइएको थियो । विहान साढे दस बजेदेखि दुई बजेसम्म विद्यार्थीलाई पालैपालै प्रदर्शनीस्थलमा लगेर अवलोकन गराइएको थियो ।
छात्रछात्राहरुलाई क्रियटिभ बनाउन सहयोग गर्नुका साथै खेर जाने सामानलाई पनि उपयोग गर्न सकिन्छ भन्ने सन्देश दिन प्रत्येक वर्ष वर्षमा एक पटक यस्तो कार्यक्रम गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए ।
तीन वटा आर अर्थात् रिड्युस, रियुज र रिसाइकल भन्ने मन्त्रका साथ कार्यक्रम गर्दै आएको स्कुलले जनाएको छ । विद्यार्थीले खेर जाने कागज, प्लाष्टिक, प्याल्ष्किका बोटल, सिसालगायतबाट प्रयोग गर्न मिल्ने र डेकोरेशनका विभिन्न सामानहरु बनाएका थिए ।