ताजा अपडेट

ट्रेन्डिङ

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै

Gyan Khabar

ज्ञानखबर संवाददाता

१२ माघ २०७९, बिहिबार
219 पटक हेरिएको
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै

विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै आज मंगलबार श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । बसन्त पञ्चमीका नामबाट पनि चिनिने पर्वमा विणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो । यसैगरी, श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने चलन छ । आजकै दिन केटाकेटीको नाककान छेड्नका लागि पनि उत्तम दिनका रूपमा लिइने गरिन्छ ।

यसदिन साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार, शिक्षकले कला साधनाका वस्तु पूजा गर्दछन् । यसदिन उपत्यकालगायत देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्नेगर्छ । उता, ललितपुर लेलेस्थित सरस्वती कुण्डमा आजकै दिन विशेष मेला लाग्ने गर्छ । शुभकार्यका लागि आज साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिने गरिन्छ ।

ऋग्वेदमा ब्रह्माणीलाई वाग्देवीका नामले चिनिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नील सरस्वती, ललितपुर लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा पञ्चमी बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको छ । सरस्वतीलाई चढाइएको सात गेंडा अक्षता निलेमा विद्या–बुद्धि बढ्ने र चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ । यसैगरी पञ्चमीका दिन काठमाडौं हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा बाचन गरी वसन्त श्रवण गर्ने प्रचलन छ ।

कलश स्थापना गरी गणेश, सूर्य, अग्नी, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यको रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सेतो रङ, फूल, चन्दन, शंङख पनि चढाइन्छ । सरस्वती पूजा या श्रीपञ्चमी भनौ वा वसन्त पञ्चमी आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिनपनि रहेको छ । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ भने यो हिउदको जाडो र पानीको ठिहिबाट क्रमशः अब न्यानोपनाको मौसम बसन्तको सेरोफेरो समेत सुरु हुदै जानेछ ।

वैदिक सनातन हिन्दू संस्कामा अत्यन्त ब्यवहारीक आयामहरु छन् । ती संस्कारहरु नेपालीपनका अभिन्न अङ्गहरु भएका छन् । हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुका साथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन समेत रहेको पाईन्छ । विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएको ’ब्रह्मा भिभर्त पूराण’मा प्रष्ट रूपमा उल्लेख गरिएको छ ।

आज सरस्वती पुजाको दिन विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिनुका साथै सूर्यको समेत अर्चना गरिदै सरस्वतीको उपासना गरिन्छ ।उता विद्यालयहरुमा त आज विशेष रमझम रहन्छ, तराईतिरका बिद्यालयहरुमा आजको दिन रङ्गिन ध्वजापाताका लगाई विभिन्न रङ्ग रगिंनका तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात,केराका दाम्चा अनि बासको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ भने गुलिया मिठाईको रुपमा बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादका रुपमा बाडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ ।