ताजा अपडेट

ट्रेन्डिङ

३ वर्षे स्नातक तह एल.एल.वी. दोस्रो वर्षको आंशिक परीक्षाको लागी आवेदन फारम खुल्यो

Gyan Khabar

ज्ञानखबर संवाददाता

१८ माघ २०७९, बुधबार
518 पटक हेरिएको
३ वर्षे स्नातक तह एल.एल.वी. दोस्रो वर्षको आंशिक परीक्षाको लागी आवेदन फारम खुल्यो

त्रिभुवन विश्वविद्यालयले ३ वर्षे स्नातक तह एल.एल.वी. दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ को २०७९ सालमा संचालन हुने ३ वर्षे स्नातक तह एल.एल.वी. दोस्रो वर्षको परीक्षा दिने आंशिक परीक्षार्थीहरुले आ-आफ्नो क्याम्पस/कलेजमा मिति २०७९ साल माघ १५ गते देखि २०७९ साल फागुन १४ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित आवेदन फारम भरि बुझाउन भनिएको छ ।