त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायमा विद्यावारिधि तहको छात्रवृत्तिको लागी आवेदन आह्वान गरेको छ ।।
त्रिभुवन विश्वविद्यालय (त्रि. वि.) शिक्षा शास्त्र सङ्काय र OSLO MET University, Norway बीच भएको सम्झौता र सहकार्यमा “Building Inclusive Education Programme in Nepal (BIEPN)” (NORHED (II) कार्यक्रम अन्तर्गत समावेशी/विशेष आवश्यकता शिक्षा विषयमा त्रि.वि.मा पूर्णकालीन विद्यावारिधि तह अध्ययन गर्नका लागि २ सिट छात्रवृत्ति कोटा उपलब्ध भएको छ ।
त्रि.वि. शिक्षा शास्त्र सङ्कायमा उपप्राध्यापक (स्थायी) पदमा कार्यरत रही उमेर हद ५० वर्ष ननाघेका शिक्षकहरूबाट ६००० शब्दमा नबढाई Inclusive Education and Pedagogy सँग सम्बन्धित विषयमा तयार गरिएको विद्यावारिधि तहको सङ्क्षिप्त शोध प्रस्तावना, शैक्षिक योग्यताको प्रमाणपत्र र आवश्यक कागजात सहित डिन कार्यालयमा मिति २०७९ फागुन १७ गतेभित्र आवेदन दिन सूचना प्रकाशित गरिएको छ ।