ताजा अपडेट

ट्रेन्डिङ

भीम आदर्शको हीरक स्मारिका विमोचन र पुरस्कार वितरण सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

१९ फाल्गुण २०७९, शुक्रबार
330 पटक हेरिएको
भीम आदर्शको हीरक स्मारिका विमोचन र पुरस्कार वितरण सम्पन्न

भीम आदर्श आधारभूत विद्यालयको हीरक जयन्ती स्मारिका विमोचन तथा उद्घाटन शुक्रबार भक्तपुर नगर शिक्षाका सदस्य तथा भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले गर्नुभएको छ ।

प्रमुख अतिथि जिजुक्छेँले सुशुप्त बाल प्रतिभालाई माथि उकास्न शिक्षकले सहजीकरण गर्नुपर्ने बताउँदै सामुदायिक विद्यालयको सुधारको लागि दैनिक वा हप्ताको एकपटक विद्यार्थीहरुले गरेको शैक्षिक एवम् अन्य प्रगति विवरण सम्बन्धी छलफल गर्नुपर्ने बताउनुभयो ।

उहाँले शिक्षामा उदार नीति समयको माग रहेको बताउँदै शिक्षकको क्षमता अभिवृद्धिका अनुसन्धानमूलक तालिम संचालन गर्ने तर्फ भक्तपुर नगरपालिका रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले जातजाति तथा भाषाभाषिकालाई एकत्रित गर्ने काम विद्यालयबाट भएको र विद्याथीहरुमा अनुशासन र व्यवहारिकता हुनुपर्ने जोड दिनुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिका सदस्य विष्णु प्रसाद दुमरुले सामुदायिक विद्यालयको सुधार गर्न समुदायका व्यक्तिहरु नै लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले विद्यालयको विगत देखि वर्तमानसम्मको ऐतिहासिकता बताउँदै सामुदायिक विद्यालयको कामदार वर्गका बालबालिकाले पनि निजी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमकमा आधारभूत विद्यालय समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छाले समेत बोलेका थिए ।

हीरक जयन्ती कार्यक्रममा विद्यालयका १० वर्ष सेवा अवधि पुरा गरेका तीन शिक्षक तथा कर्मचारीलाई कदरपत्र एवम् २०७६ देखि २०७८ सम्म वार्षिक परीक्षामा तहगत प्रथम, द्धितीय, तृतीय तथा विद्यालयको विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा मेडल समेत वितरण गरेको थियो ।

सोही कार्यक्रममा विद्यालयका सम्पूर्ण तहका विद्यार्थीहरुले बीचबीचमा आफ्नो नृत्यकला प्रस्तुत थिए ।