ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी कलेजमा “Meet with the Judge” कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

१९ फाल्गुण २०७९, शुक्रबार
287 पटक हेरिएको
वागीश्वरी कलेजमा  “Meet with the Judge” कार्यक्रम सम्पन्न

वागीश्वरी कलेजको सहकार्यमा भक्तपुर जिल्ला अदालतका न्यायाधिशद्वारा वागीश्वरी कलेज सभाकक्षमा “Meet with the Judge” अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा वागीश्वरी कलेजका स्नातक तह मानविकी तथा व्यवस्थापन संकाय तेस्रो वर्ष र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका व्यवस्थापन संकाय प्रथम सेमेष्टरका विद्यार्थी तथा शिक्षकहरु विच सो अन्तर्क्रिया कार्यक्रम गरिएकोे थियो ।

प्रमुख अतिथिमा रहनुभएका भक्तपुर जिल्ला अदालतका माननिय न्यायधिश श्री तीर्थराज के.सीले ‘समुदायमा हाम्रो अदालत’ बाह्य पहुँच कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई जनतामाझ न्यायिक जनचेतना जगाउन न्यायलय आफै जनतामाझ पुग्नु पर्ने कुरा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा माननीय जिल्ला न्यायाधिश श्री महेन्द्र प्रसाद पोखरेलले पावर प्वइटबाट विद्यार्थीहरुलाई न्यायिक क्षेत्र, न्यायिक पहुँच, जनचेतना लगायत कानुनी तथा संबैधानिक कुराहरुबारे प्रशिक्षण दिनुभएको थियो । सेस्तेदार श्री ऋतबहादुर पुलामी, भक्तपुर शाखा अधिकृत नवराज खनाल तथा जेमिना प्रधान पनि कार्यक्रममा अतिथिका रुपमा उपस्थित भएका थिए ।

त्यसै गरी विद्यार्थीलाई सैधान्तिक ज्ञान सँगै न्यायिक क्षेत्रका कानुनी ज्ञान पनि आवश्यक रहेको वागीश्वरी कलेज प्रार्चाय धनकुमार श्रेष्ठले कार्यक्रममा बताउनुहुँदै कलेजको तर्फवाट अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।