ब्राइट फ्युचर माध्यमिक विद्यालय, सातदोबाटोका विद्यार्थीहरुले बिज्ञान विषयको च्याउको जीवन चक्र पाठ अन्तर्गत च्याउ खेती सम्बन्धमा गोदावरी १२ ललितपुरस्थित युनिक च्याउ उद्योगको अवलोकन भ्रमण गरेका छन ।
अवलोकन भ्रमणमा युनिक च्याउ उद्योगका प्रोपाइटर कृषि उध्यमी तथा सहकारिकर्मी चित्र राज टिमल्सिनाले च्याउ खेती, उत्पादन र बजारीकरण, च्याउको महत्व र उपयोगिता, च्याउ खेतिका सम्भावना र स्थानीय स्तरमा यस पेशाका चुनौतीहरु सहजीकरण गरेका थिए ।
सोही अवसरमा विश्व जगतमा अर्गानिक कफिको रुपमा सुचिकृत कफिको प्रशोधन र बजारीकरण गरिरहेको कफी सहकारी संघ ललितपुरको समेत अवलोकन भ्रमण गरिएको थियो ।