ताजा अपडेट

ट्रेन्डिङ

शारदा माध्यामिक विद्यालयमा फुटसल प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, फाल्गुन २४, २०७९
680 पटक हेरिएको
शारदा माध्यामिक विद्यालयमा फुटसल प्रतियोगिता सम्पन्न

शारदा माध्यामिक विद्यालय, भक्तपुरको आयोजनामा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको वार्षिक कार्यतालिका अनुसार फुटसल हल, सुन्दर बस्ती, सूर्य विनायकमा फुटसल प्रतियोगिता कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीबीच भएकाे हो ।

विद्यार्थीहरुमा खेलको माध्यमबाट मित्रता, एकता, आत्मीयता र अनुशासन‌को विकास गराउन एवम् विद्यार्थीहरुमा खेलसँग सम्बन्धीत सीपहरुको विकास गराउन खेलको आयोजना गरिएको हो ।

कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई A, B, C र D गरी चारवटा समूहमा विभाजन गरेर प्रत्येक समूहलाई ३ वटा खेल खेलाएको र सबै समूहका सम्पूर्ण खेलहरूको अन्त सम्ममा सर्वाधिक अंक(एक खेल जितेमा ३ अङ्‌क) प्राप्त गर्ने समूहलाई विजेता घोषणा गरिएको थियो ।

sharada fot 3

खेलमा कक्षा ९ समूह A का विद्यार्थी विजय मोक्तानले सर्वाधिक १० गोल गरेका थिए।

समूह A अन्तर्गतको कक्षा ९ का विद्यार्थी खेलाडीहरुले ३ वटा खेल जितेर ९ अङ्‌कका साथ प्रथम भए भने समूह C अन्तर्गतका कक्षा ११ का विद्यार्थी खेलाडीहरु दोश्रो भएका थिए ।

sharada fot 1

भूतपूर्व विद्यार्थी युवराज खत्रीले एम्पेयरको भूमीका निभाएका थिए । बिजय हुन सफल बिध्यार्थीहरुलाई पछि हुने एक समारोहका बीच पुरस्कार बितरण गरिने कुरा बिद्यालयका प्रधानाध्यापक रोशन राज तुइतुईले बताउनु भएको छ।