ताजा अपडेट

ट्रेन्डिङ

वागेहिणी माविमा अभिभावक भेला, छात्रवृत्ति वितरण र सम्मान कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

२८ फाल्गुण २०७९, आईतबार
327 पटक हेरिएको
वागेहिणी माविमा अभिभावक भेला, छात्रवृत्ति वितरण र सम्मान कार्यक्रम सम्पन्न

श्री वागेहिणी माध्यामिक विद्यालय, चाँगुनारायण नगरपालिका- ७ मा अभिभावक भेला शिक्षक अभिभावक संघका अध्यक्ष श्याम बहादुर लामिछानेको अध्यक्षतामा फागुन २६ गते सम्पन्न भएको छ ।

उत्त भेलामा २०७८ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिनुका साथै छात्रा छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति समान त‌था कदर पत्र वितरण गरिएको थियो।

वडाध्यक्ष श्याम कृष्ण श्रेष्ठले कदर पत्र प्रदान गरेका थिए । अध्यक्ष राज‌कुमार केसीले SEE २०७८ उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।