ताजा अपडेट

ट्रेन्डिङ

ख्वप कलेजमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन

Gyan Khabar

ज्ञानखबर संवाददाता

१७ चैत २०७९, शुक्रबार
646 पटक हेरिएको
ख्वप कलेजमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन

ख्वप कलेजको आयोजना र विश्वाविद्यालय अनुदान आयोगको सहयोगमा यही जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ ।

व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षालगायतका अन्य शंकायहरुमा अध्ययनरत विद्यार्थीहरुबीच खोज र अनुसन्धान प्रवद्र्धन गर्न उक्त सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनमा सम्बन्धीत विषयका विज्ञहरुद्धारा समकालिन खोज र अध्ययनमा आआफ्नो विचार पनि प्रस्तुत गर्ने छ ।

गत वर्षको सम्मेलनमा विभिन्न १३ वटा शैक्षिक संस्थाहरुका ३९ भन्दा बढी विद्यार्थीहरुले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुतिकरण गरेका र २ सयभन्दा बढीको सहभागिता थियो । यस वर्ष ५० जनाभन्दा बढी विद्यार्थीहरुले आफनो अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिने आशा गरिएको छ । यस्तो कार्यक्रमले विद्यार्थिहरुलाई वहु आयामिक अनुसन्धानात्मक गतिविधिमा संलग्न हुन प्रेरित गरिने आयोजक कमितिको विश्वास छ ।

सम्मेलनमा सहभागि हुन वैशाख ३१, २०८० सम्ममा सहभागिहरुले आफ्नो निष्कर्ष पेश गरिसक्नु पर्नेछ । सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानमुलक लेख ख्वप कलेजर्को ख्वप जर्नल’मा प्रकाशित गरिने छ । विस्तृत जानकारीको लागि ख्वप कलेजको वेवसाइटमा हेर्न सकिनेछ ।