ताजा अपडेट

ट्रेन्डिङ

पचास वर्ष अध्यापन पश्चात प्राध्यापक कारञ्जित नेकबाट बिदाई

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र २६, २०७९
1262 पटक हेरिएको
पचास वर्ष अध्यापन पश्चात प्राध्यापक कारञ्जित नेकबाट बिदाई

प्राध्यापक सुदर्शन कारञ्जितले पचास वर्षको अध्यापन पश्चात नियमित अध्यापनको पेशाबाट उमेरहदको कारण बिदा लिनुभएको छ।

मुनाफारहित सामाजिक संस्थाको रूपमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गरी सञ्चालन गरिएको नेपाल इन्जिनियरिङ कलेजमा आज आयोजित बिदाई कार्यक्रममा प्राध्यापक सुदर्शन कारञ्जितलाई नियमित सेवाबाट कलेजका प्राचार्य, सहायक प्राचार्य, विभागीय तथा शाखा प्रमुखहरू तथा शिक्षक कर्मचारी प्रतिनिधिहरूले दोसल्ला तथा प्रमाण-पत्र सहित बिदाई गर्नुभएको थियो।

प्राध्यापक कारञ्जितको अध्यापन कार्य २०३० सालमा ललितपुरको एउटा माध्यमिक स्कूलमा प्रारम्भ भएको थियो। बेलायतको द सिटि युनिभर्सिटिबाट सन् १९८७ मा स्नातकोत्तर उपाधि हासिल गरी लगभग १८ वर्ष राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरबारमा काम गरिसकेपछि वहाँ पुनः शिक्षण पेशामा फर्किनुभएको थियो।

पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल इन्जिनियरिङ कलेजमा सञ्चालित पिजिडिसिए कार्यक्रममा वहाँ सन् २००० जनवरी १६ मा सह-प्राध्यापकको रूपमा आवद्ध हुनु भएपछि लगातार २३ वर्ष सोही कलेजमा स्नातक तथा स्नातकोत्तर तहका कम्प्युटर इन्जिनियरिङ सम्बन्धी विभिन्न विषयहरू अध्यापन गराउनु भएको थियो।

prof karanjit 1

सन् २००२ मा वहाँ प्राध्यापकमा पदोन्नति हुनुभएको थियो। उक्त सेवा अवधिमा वहाँले विभागीय प्रमुख भई सन् २००२ मा र दुई पटक विद्यार्थीहरूको काउन्सेलरकोरूपमा काम गर्नुभएको थियो।

नियमित अध्यापन बाहेक कलेजका विभिन्न समितिहरूमा योगदान गर्दै आउनु भएका प्राध्यापक कारञ्जितले दुई वर्ष अगाडि कलेजको सहायक प्राचार्य छनौटको मापदण्ड तयार गर्नुभएको थियो ।