ताजा अपडेट

ट्रेन्डिङ

एसइईमा भक्तपुरका सात उत्कृष्ट स्कुल जसले ल्याए चार जीपीए

Gyan Khabar

ज्ञानखबर संवाददाता

२२ असार २०८०, शुक्रबार
3558 पटक हेरिएको
एसइईमा भक्तपुरका सात उत्कृष्ट स्कुल जसले ल्याए चार जीपीए

भक्तपुरका विभिन्न सात वटा स्कुलहरुका एघार जना विद्यार्थीहरुले यो वर्षको एसइई परीक्षामा चार जीपीए ल्याउन सफल भएका छन् । भक्तपुर नगरपालिकाभित्र रहेका तीन वटा स्कुलका चार जना, सूर्यविनायक नगरपालिकाका तीन वटा स्कुलहरुका पाँच जना र मध्यपुर थिमि नगरपालिकाका दुई वटा स्कुलहरुका दुई जना गरी कुल एघार जना विद्यार्थीले चार जीपीए ल्याउन सफल देखिएका हुन् ।

मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीस्थित दिव्य दीप ज्योति इगलिश सेकेण्डरी स्कुल भक्तपुरकी छात्रा दिपासा अमात्यले चार जीपीए ल्याउन सफल भइन् । सो स्कुलमा कक्षा पाँंचदेखि अध्ययनरत दिपासाले बिहीबार सार्वजनिक एसइई परीक्षाफलमा चार जीपीए ल्याउन सफल भएकी हुन् ।

स्कुलका संस्थापक प्रिन्सिपल सिमान्तराज सुवेदीले दिपासा सानो कक्षादेखि नै प्रतिभाशाली विद्यार्थी रहेको बताइन् । यही कारण उनले सर्वाेत्कृष्ट चार जीपीए ल्याएर देशकै नाम राखेको उनले बताए । स्कुलबाट दिपासासहित तीनजना विद्यार्थीहरुले ३ं.९ जीपीएसहित सवै विद्यार्थीहरु उत्कृष्ट अंकका साथ पास भएको उनले बताए ।

सूर्यविनाय नगरपालिका वडा नं २ बालकोट भक्तपुरस्थित मेरिगोल्ड स्कुलका सुभाष भटराईले चार जीपीए ल्याए र बालकोट भक्तपुरस्थित प्रिसियस इगलिश स्कुलका सुवर्ण वैद्य र सुप्रभा कार्कीले चार जीपीए ल्याएको प्रिन्सिपल भोला प्रसाद चाैधरीले बताए ।

यता मध्यपुर थिमि नगरपालिकास्थित विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमिकी कृतिका श्रेष्ठले चार जीपीए ल्याइन् । साथै मध्यपुर थिमि नगरपालिका वडा नं ६ बाहखा बजारस्थित होली गार्डेन इगलिश स्कुल थिमिकी प्रजुना शंखदेवले चार जीपीए ल्याइन् ।

यता भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित सैनिक सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरकी दिलीशा थापाले चार जीपीए ल्याए भने भक्तपुर नगरपालिका तेखापुखूस्थित मेधा माविबाट तीन जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भए । साथै लनर्स एकेडेमीका अक्सा राईले चार जीपीए ल्याए ।

यसबाहेक प्रायःजसो चार जीपीए ल्याउन सफल हुँंदै आएको वागीश्वरी मावि च्याम्हासिंह, एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरबाट यो वर्ष चार जीपीए ल्याउन सफल भएनन् । एभरेष्टबाट ३.९५ का तीनजना र ३.९ का तीन जना गरी ६ जनासहित एक सय सात जना विद्यार्थी उत्कृष्ट नतिजाका साथ उतीर्ण भएको स्कुलले जनाएको छ । यी बाहेक जिल्लामा उत्कृष्ट स्कुलहरु (पहिलापहिला बोर्ड दसमा पर्न सफल) विद्या विकास इगलिश स्कुल जगाती भक्तपुर, महेन्द्र विद्याआश्रम राममन्दिर भक्तपुरलगायतबाट पनि यो वर्ष चार जीपीए ल्याउन सफल भएनन् ।