ताजा अपडेट

ट्रेन्डिङ

नगरव्यापी बौद्ध हाजिरी जवाफ प्रतियोगितामा वागीश्वरी मावि प्रथम

Gyan Khabar

ज्ञानखबर

शनि, असार ३०, २०८०
576 पटक हेरिएको
नगरव्यापी बौद्ध हाजिरी जवाफ प्रतियोगितामा वागीश्वरी मावि प्रथम

मुनि विहार इनाचो भक्तपुरको आयोजनामा भएको भक्तपुर नगरव्यापी बौद्ध हाजिरी जवाफ प्रतियोगितामा वागीश्वरी मावि च्याम्हासिंह भक्तपुरको टोली प्रथम भएको छ ।

आज भएको फाइनल राउण्डमा वागीश्वरी स्कुलका विद्यार्थीको टोली प्रथम हुन सफल भएको हो । प्रतियोगितामा पारागत इगलिश स्कुल कमलविनायक भक्तपुर दोश्रो र सेकेरिड हार्ट एकेडमी गपली सूर्यविनायक भक्तपुर तृतीय हुन सफल भएको छ ।

प्रतियोगिताका विजयी विद्यार्थी टोलीहरुलाई बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा मुनि विहार रहेको भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, सेवा निवृत शिक्षक समाज भक्तपुरका अध्यक्ष अम्विकामान मानन्धर, विहारका प्रमुख भिक्षु विपश्वी महास्थविर, मुनि विहार दायक सभाका अध्यक्ष रामकृष्ण वैद्य, प्रतियोगिताका संयोजक शिव वालालगायतले अन्याय, अत्याचार, दमन, भष्टाचार निमूर्ल पार्न सके मुलुकमा शान्ति कायम हुने बताए । प्रतियोगितामा नगरका १९ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।

bauda quiz1