शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउनुपर्नेमा जोड दिदै बागमति प्रदेशका सांसद सदस्य सुरेश श्रेष्ठले आज भक्तपुरस्थित सल्लाघारीमा रहेको अक्सफोर्ड प्राक्टिकल स्कूलको अवलोकलन गरेको छ ।
विद्यालय शिक्षालाई व्यवहारिक बनाउन प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिदै सांसद श्रेष्ठले अक्सफोर्ड प्राक्टिकल स्कुलको कम्प्यूटर ल्याव, केमेस्ट्रि ल्याब र पुस्तकालयको अबलोकन गरे । विद्यालयको शैक्षिक वातावरण राम्रो छ, ब्यवहारिक छ, अझ राम्रो बनाउन अत्तिरिक्त क्रियाकलापहरुलाई थप जोड दिनुपर्ने बताए ।
२०५३ सालमा अंग्रेजी शिक्षा दिने उदेश्यले स्थापना भएको अक्सफोर्ड प्लाक्टिकल स्कूलका विद्यार्थीहरुलाई योग्य र सक्षम तथा व्यवहारिक बनाउन पैसालाई भन्दा विद्यार्थीको भविष्यलाई हेरेर विभिन्न शैक्षिक गतिविधिहरु आयोजना गर्दै आएको विद्यालयका संस्थापक राम दुवालले बताए । विद्यालय स्थापना भएको २६ वर्ष पछि गत वर्ष देखि कक्षा ११ समेत सञ्चालनमा ल्याएको सो स्कूलले म्यानेजमेट र ह्युमानिटिजमा विद्यार्थी भर्ना लिई रहेको छ । म्याट ल्याव सञ्चालनको अन्तिम तयारीमा रहेको सो स्कूलले विद्यार्थीहरुको संख्यात्मक वृद्धि भन्दा गुणस्तरीयतालाई प्राथमिकता दिदै यस वर्ष ६० जना मात्र विद्यार्थी भर्ना गर्ने तयारी भएको विद्यालयका प्रिन्सिपल रवि दुवालले जनाए । स्कूलको क्षमता अनुसार मात्रै विद्यार्थी भर्ना गर्नु उपर्युक्त हुने र भर्ना भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने कर्तव्य र दायित्व विद्यालय, शिक्षकको भएको भन्दै उहाँले जेहेन्दार र उत्कृष्ठ विद्यार्थीहरुलाई छात्रवृत्ति र भर्ना शुल्क एवं मासिक शुल्कमा विशेष छुटको व्यवस्था रहेको बताए ।
पर्याप्त कक्षा कोठा, भौतिक पूर्वाधार, खेल मैदानका साथै स्काउट शिक्षा, विभिन्न व्यवहारिक शिक्षाका लागि शिशु स्याहार देखि कक्षा १२ सम्म पढाई हुँदै आएको सो विद्यालयमा पढेका विद्यार्थीहरु कोही डाक्टर, कोही इन्जिनियर मात्र होइन ठूल ठूला ब्यवसायी र अफिसर बन्न सफल भएको देखेर आफूले सुरु गरेको अक्सफोर्ड प्राक्टिलक स्कूलप्रति गर्व लागेको संस्थापक राम दुवाल बताए ।
विद्यालय स्थापना भएको २६ वर्ष पछि गत वर्ष देखि कक्षा ११ समेत सञ्चालनमा ल्याएको सो स्कूलले म्यानेजमेट र ह्युमानिटिजमा विद्यार्थी भर्ना लिई रहेको छ । म्याट ल्याव सञ्चालनको अन्तिम तयारीमा रहेको सो स्कूलले विद्यार्थीहरुको संख्यात्मक वृद्धि भन्दा गुणस्तरीयतालाई प्राथमिकता दिदै यस वर्ष ६० जना मात्र विद्यार्थी भर्ना गर्ने तयारी भएको विद्यालयका प्रिन्सिपल रवि दुवालले जनाए ।
स्कूलको क्षमता अनुसार मात्रै विद्यार्थी भर्ना गर्नु उपर्युक्त हुने र भर्ना भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने कर्तव्य र दायित्व विद्यालय, शिक्षकको भएको भन्दै उहाँले जेहेन्दार र उत्कृष्ठ विद्यार्थीहरुलाई छात्रवृत्ति र भर्ना शुल्क एवं मासिक शुल्कमा विशेष छुटको व्यवस्था रहेको जानकारी दिए ।
पर्याप्त कक्षा कोठा, भौतिक पूर्वाधार, खेल मैदानका साथै स्काउट शिक्षा, विभिन्न व्यवहारिक शिक्षाका लागि शिशु स्याहार देखि कक्षा १२ सम्म पढाई हुँदै आएको सो विद्यालयमा पढेका विद्यार्थीहरु कोही डाक्टर, कोही इन्जिनियर मात्र होइन ठूल ठूला ब्यवसायी र अफिसर बन्न सफल भएको देखेर आफूले सुरु गरेको अक्सफोर्ड प्राक्टिलक स्कूलप्रति गर्व लागेको संस्थापक राम दुवाल बताए।
साथै विद्यार्थीले वर्षौ पढेको कुरा ४ घण्टा एक्जाम दिएर ति विद्यार्थीको पूर्ण मूल्यांकन हुन नसक्ने भएकाले विद्यार्थीले आर्जन गरेका व्यवहारिक शिक्षाको पनि मूल्यांकन गर्ने शिक्षा प्रणालीको आवश्यकतामा जोड दिइरहेको प्रिन्सिपल रवि दुवालले जानकारी दिए ।
अक्सफोर्ड प्राक्टिकल स्कुल र कलेजमा म्यानेजमेन्ट र ह्यूमनिटिज विषयमा कक्षा ११ को लागि धमाधम भर्ना लिइ रहेको सो स्कूलले Business Studies, Computer Science, Economics, Hotel Management, Hospitality Management, Sociology, Marketing, Mass communication, Rural, English, Nepali, Population studies विषयहरु प्रस्तावित गरेको छ ।