ताजा अपडेट

ट्रेन्डिङ

एनसीआईटी कलेजमा विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुने

Gyan Khabar

ज्ञानखबर

बिहि, साउन ११, २०८०
709 पटक हेरिएको
एनसीआईटी कलेजमा विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुने

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुने भएको छ ।

एनसीआईटी कलेजको रिसर्च सेल र आईटी इन्क्युबेटरको स‌ंयुक्त आयोजना गरिने प्रदर्शनीमा ५० कम्पनी, ६० अन्तिम वर्षका विद्यार्थीका परियोजना र ४० व्यवसायिक योजना हुनेछन् ।

प्रदर्शनी तथा करियर फेयर कलेजको प्रांगनमा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने कलेजले जनाएको छ ।