ताजा अपडेट

ट्रेन्डिङ

शिक्षासेवी प्राध्यापक बैद्यलाई घरमै पुगेर सम्मान

Gyan Khabar

ज्ञानखबर

१८ साउन २०८०, बिहिबार
106 पटक हेरिएको

नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका भक्तपुरका शिक्षाविद् प्राध्यापक पृथ्युचरण बैद्यलाई घरमै पुगेर सम्मान गरिएको छ ।

नेपाल शिक्षाशाश्त्री समाजले बैद्यको घर भक्तपुर पुगेर सम्मानपत्र वितरण गरेका हुन् । पोखरा विश्वविद्यालयका उपकुलपति एव‌ं समाजका अध्यक्ष प्रा.डा. प्रेमनारायण अर्याल, प्रा.डा. तीर्थराज पराजुली र अर्का प्रा.डा. बासुदेव काफ्लेले संयुक्त रुपमा सम्मानपत्र वितरण गरेका हुन् ।

प्राध्यापक बैद्य उमेरका कारण हाल घर बाहिर निस्कन सक्नुहुन्न । यही कारण उनलाई घरमै पुगेर सम्मानपत्र वितरण गरिएको हो ।

प्राध्यापक वैद्यको जन्म १९९६ विक्रम सम्वत्मा भक्तपुरमा भएको थियो । विक्रम सम्वत् २०२० सालदेखि शिक्षा क्षेत्रमा समर्पित भएर लागेका उनी जीवनको सम्पूर्ण समय शिक्षा क्षेत्रमै समर्पित थिए । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशाश्त्रको डीन हुँंदै विक्रम सम्वत् २०६० सालमा सेवा निवृत भएका थिए ।

नेपाल शिक्षाशाश्त्री समाजले राजधानीमा सम्पन्न आफनो महाधिवेशन तथा राष्टिय सम्मेलनको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । त्यस अवसरमा प्राध्यापक वैद्यलाई पनि सम्मान गर्नुपर्ने थियो । तर उमेर हडका कारण बैद्य कार्यक्रममा सम्मान लिन जान नसकेपछि घरमै पुगेर प्रमाणपत्र वितरण गर्न समाजका पदाधिकारी पुगेका हुन् ।