ताजा अपडेट

ट्रेन्डिङ

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ तर्फको भर्ना खुल्यो

Gyan Khabar

ज्ञानखबर

मङ्ल, साउन २३, २०८०
405 पटक हेरिएको
पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ तर्फको भर्ना खुल्यो

पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि सङ्काय, स्कुल अफ इन्जिनियरिङले शैक्षिक सत्र २०८० का लागि स्नातक तहमा इन्जिनियरिङ विषयका लागि भर्ना खुलाएको छ ।

विश्वविद्यालयले सिभिल इन्जिनियरिङ, सिभिल एन्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा सफ्टवेयर इन्जिनियरिङमा भर्ना खुलाको हो ।

यी विषयमा भर्ना हुन इच्छुक विद्यार्थीले १ देखि १६ भदौसम्म अनलाइन आवेदन दिन सक्नेछन् र भदौ ३० गते स्कुल अफ इन्जिनियरिङ, पोखरा र काठमाडौं केन्द्रमा प्रवेश परीक्षा हुने बताइएको छ ।

यी विषयमा भर्ना हुन माध्यमिक तहमा विज्ञान विषय लिएर न्यूनतम ४५ प्रतिशत वा CGPA २ प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।

चार वर्षे यी कोर्षहरूको शुल्क (सिभिल, सिभल एन्ड रुरल) ६ लाख २३ हजार र (कम्प्युटर, सफ्टवेयर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स) मा पाँच लाख ८७ हजार रुपैयाँ तोकिएको छ । यी विषयमा भर्ना हुनका लागि यहाँ क्लिक गरेर अनलाइन आवेदन दिन सकिनेछ ।

pu admission 80 gyankhabar