ताजा अपडेट

ट्रेन्डिङ

त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो

Gyan Khabar

ज्ञानखबर संवाददाता

२५ साउन २०८०, बिहिबार
190 पटक हेरिएको
त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले शैक्षिक सत्र २०८०/८१ का लागि स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ ।

त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८०।०८१ का लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना खुलाएको हो ।

यी विषयमा भर्ना हुन इच्छुक विद्यार्थीले २०८० श्रावण २८ गतेदेखि भाद्र मसान्तसम्म आवेदन दिन सक्नेछन् र डिनको कार्यालयले निर्धारण गरे अनुसार प्रवेश परीक्षा हुने बताइएको छ ।

विद्यार्थीले प्रवेश चाहेको प्रत्येक सङ्काय अध्ययन संस्थान र विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन दिन सकिनेछ । साथै कक्षा सञ्चालन २०८० मङ्सिर ५ गतेदेखि हुने बताइएको छ ।