भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस तथा कामरेड फिडेल क्याष्ट्रोको ९८ औं जन्म दिवसको अवसरमा ‘युवा र देशभक्ति विषयक वक्तृत्वकला प्रतियोगिता नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिवार कमलबिनायक वडा कार्यालयको सभाहलमा सम्पन्न भयो ।
वडामा रहेको ८ वटा विद्यालयका २९ जना विद्यार्थी सहभागी भएको कार्यक्रममा पारागनका एन्जेल खड्का प्रथम, जेन्युइनका आभा याकामी द्धितीय, स्कलर होमका रंजिता चित्रकार तृतीय र माउण्ट भ्यालीका अंकिता श्रेष्ठ सान्त्वना हुन सफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले जीवनको सबभन्दा सकृय अवस्था भनेको युवा भएको बताउँदै उमेर भन्दा महत्वपूर्ण परिवर्तनशील विचार बोक्ने युवा हो भन्नुभयो । उनले युवा अवस्थामा जति काम अरु अवस्थामा गर्न नसक्ने भएकोले युवा अवस्थालाई क्रियाशील बनाएको उदाहरण माक्र्स एँगेल्सले तीस बर्षमा कम्युष्टि घोषणापत्र लेख्नु भएको बताउँदै अरुबाट सिक्ने भनेको यहि हो भने ।
कार्यक्रममा निर्णय ख्वप कलेज अफ ईन्जिनियरिङ्गका प्राचार्य एवम् निर्णायक सुनिल दुवालले देशभक्ति र राष्ट्रवादमा फरक रहेको बताउँदै भारत हिन्दु बाहेक अरुको नभएको मोदिको यो विचार अति राष्ट्रवाद भएको बताए । उनले बत्तिमुनि अँध्यारो भने झै भक्तपुर नेपालको शौचालय भनेर चिनिने शहरलाई अग्रजहरुले विश्वको सफा शहर र शिक्षा, स्वास्थ्यमा नमुना बनाईसक्दा पनि अग्रजहरुको योगदान नयाँपुस्ता माझ नपुग्दा उदाहरणीय व्यक्तित्वमा चर्चामा नआउनु ख्वपको पहिचान विद्यालयले राम्रोसंग अध्ययन नगराएकोमा दुःख व्यक्त गरे ।
कार्यक्रम १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनकवि चन्द्र बहादुर उलकले पनि बोल्नु भएको थियो ।