ताजा अपडेट

ट्रेन्डिङ

ख्वप कलेजकी सुलू त्रिभुवन विश्वविद्यालय सेकेण्ड टपर

Gyan Khabar

ज्ञानखबर

शुक्र, भदौ ८, २०८०
1939 पटक हेरिएको
ख्वप कलेजकी सुलू त्रिभुवन विश्वविद्यालय सेकेण्ड टपर

ख्वप कलेज देकोचा भक्तपुरकी एकजना विद्यार्थी त्रिभुवन विश्वविद्यालय सेकेण्ड टपर हुन सफल भएकी छिन् ।

कलेजमा वीवीएम चौथौ समेष्टरको परीक्षाफलमा ऋतु सुलू त्रिवि सेकेण्ट टपर हुन सफल भएकी हुन् । उनको जिपिए ३.९८ रहेको छ । उनी कलेजको पनि टपर रहेको कलेजले जनाएको छ ।  

कलेजको समग्र विद्यार्थीको परिणाम पनि उत्कृष्ट रहेको कलेजले जनाएको छ । कुल ९२ प्रतिशत विद्यार्थी उतीर्ण भएको जनाइएको छ । २० जना भेरी गुड, १० जना फष्ट डिभिजन र पाँंच जना सेकेण्ड डिभिजनमा पास भएको कलेजले जनाएको छ ।

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित यस कलेजले समयसमयमा त्रिवि टपर विद्यार्थी निकाल्न सफल हुँदै आएको छ ।