ताजा अपडेट

ट्रेन्डिङ

Importance of Robust Insolvency System in Nepal राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, अशोज १, २०८०
707 पटक हेरिएको
Importance of Robust Insolvency System in Nepal राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

क्याम्पस प्रमुख डा. डि.एन. पराजुलीज्यूको अध्यक्षतामा नेपाल ल क्याम्पस र Insolvency Law Academy, New Delhi, India को सङ्युक्त आयोजनामा Importance of Robust Insolvency System in Nepal राष्ट्रिय कार्यशाला गोष्ठी होटल शङ्कर लाजिम्पाटमा सम्पन्न भएको छ ।

नेपाल र भारतमा Insolvency को अवस्था र यस अनुभवका बारेमा प्रष्ट पार्नको लागी कार्याशालाको आयोजना गरिएको बताउनु हुँदै क्याम्पस प्रमुख डा. डि.एन. पराजुलीज्यूले यस्ता कार्यक्रमहरुले अनुसन्धानकर्ता, विद्यार्थीह तथा यस सम्बन्धमा चासो राख्ने जो कोही लाभान्वित हुन सक्ने बताए ।

कार्यशाला गोष्ठीको पहिलो दिनको पहिलो सत्रमा Insolvency Law Academy का अध्यक्ष सुमन्त बात्राले The importance of insolvency law शिर्षकमा कार्य पत्र प्रस्तुत गरेको थिए । दोस्रो सत्रमा Insolvency Law Academy का अध्यक्ष सुमन्त बात्रा र National Law University, Delhi का प्रा.डा. रागभ पाण्डेले Indian Insolvency Law- Experience and Learnings from 7 years शिर्षकमा कार्य पत्र प्रस्तुत गरीएको थियो । कार्याशालाको तेस्रो सत्रमा Nepal Experience on Insolvency Law शिर्षकमा प्रा.डा. गान्धी पण्डित र उप–प्रा. सरोज कृष्ण घिमिरेले कार्य पत्र प्रस्तुत गरेको थिए ।

nlc p2

कार्याशालाको दोस्रो दिनमा Insolvency Law Academy का अध्यक्ष सुमन्त बात्राले Key Objectives of an Effective and Efficient Insolvency Law History and Evolution of Insolvency Laws र National Law University, Delhi का प्रा.डा. रागभ पाण्डेले Mechanism for Resolving Financial Difficulties of a Debtor शिर्षकमा कार्य पत्र प्रस्तुत गरेको थिए ।

दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीमा नेपाल ल क्याम्पसका प्राध्यापक, विद्यार्थी , नेपालमा क्रियाशील विभिन्न वैङ्क तथा वित्तीय सङ्स्थाहरुका प्रतिनिधिहरु, अन्य सरोकारवालाहरु तथा भारतीय प्राध्यापकहरुको सहभागीता रहेको थियो ।

समापन समारोहमा बि.ए.एलएल.बी. कार्यक्रमका उप–निर्देशक तथा नेपाल ल क्याम्पस, Research Management Cell का सदस्य उप–प्रा. किशोर सापकोटाले अतिथि तथा सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्याशालाको सहजीकरण नेपाल ल क्याम्पस, Research Management Cell का सदस्य सचिव तथा नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख उप–प्रा. विजय प्रसाद जयसवालज्यूले गरेको थिए ।

nlc p3