ताजा अपडेट

ट्रेन्डिङ

नेपाल इन्जिनियरिड कलेजको २९ औं वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

८ असोज २०८०, सोमबार
872 पटक हेरिएको
नेपाल इन्जिनियरिड कलेजको २९ औं वार्षिकोत्सव सम्पन्न

नेपाल इन्जिनियरिड कलेज (नेक) चाँंगुनारायण नगरपालिका, भक्तपुरको २९ औं वार्षिकोत्सव समारोह सोमबार भव्यताकासाथ सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै वागमति प्रदेशका पूर्व भौतिक योजना तथा विकासमन्त्री कृष्णलाल भँंडेलले कलेजलाई केही तत्वहरुले निजी बनाउन खोजेको र त्यसलाई कुनै हालतमा पनि हुन नदिने बताए । चाँंगुनारायण नगरपालिकाभित्र रहेको यो कलेजलाई निजी हुन नदिन जुनसुकै कदम चाल्न पनि आफूहरु रहेको रहेको उनले बताए । उनले त्यसका लागि जेल जानु परेमा आफू जेल जान तयार रहेकोसमेत बताए ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले कलेजलाई कुनै हालतमा पनि निजी बनाउन नदिने अठोट गरे । यो क्रममा नाफा नलिने उद्देश्यका साथ सञ्चालित कलेजलाई निजी बनाउन खोजे जेल गएर पनि कलेजलाई सामुदायिक नै बनाएर छोडने आशय उनको थियो । उहिलेदेखि चल्दै आएको कलेजलाई कसैले पनि निजी बनाउने काम गरे त्यो आफूहरुको लागि सह्य नहुने उनले बताए । उनले यसको लागि जस्तोसुकै कदम अगाडि वढाउन पनि आफूहरु पछि नपर्ने विश्वस्त तुल्याए ।

बागमति प्रदेशका सदस्य सभाषद् सुरेश श्रेष्ठले २९ वर्षको उमेरमा पुगेको कलेज लक्का जवान हुनुपर्नेमा व्यवस्थापनको अनेक विवादका कारण विरामी परेजस्तै भएको भन्दै दुःख व्यक्त गरे । कलेजलाई बागमतिकै प्राविधिक शिक्षा अध्यापन हुने पहिलो विश्वविद्यालयका लागि बागमति प्रदेशका मुख्यमन्त्रीसँंग आफूले छलफल गरेको स्मरण उनले गरे ।

कार्यक्रममा कलेजका संस्थापक सञ्चालक प्रतिनिधि ई शशिल भटराई, कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारी, कलेज सञ्चालक समितिका सदस्यहरु सोम प्रधान, दिनेश खनाल, नरेश खड्का, नेपाल इन्जिनियरिड काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाही, नेपाल सरकारका सचिव मणिराम गेलाललगायतले तत्कालिन चाँंगुनारायण गाविसबाट एक सय ७८ रोपनी जग्गा भोगचलनको अधिकार पाएर कलेज सञ्चालन भएको स्मरण गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलहरुकोतर्फबाट नेपाली कांग्रेसबाट शिवहरि केसी, नेकपा एसबाट अन्जना पोखरेल, राप्रपाबाट रमेश अधिकारीलगायतले कलेजको हितको विविध पक्षमा चर्चा गरे । साथै कार्यक्रममा कलेजका विभिन्न संगठनका प्रमुखहरु प्रजातन्त्रबादी प्राध्यापक संघबाट दीपक धामी, प्रगतिशिल प्राध्यापक संघबाट दीगम्वर खोटेजा, स्वतन्त्र कर्मचारी संघबाट मनोहर खनाल, कर्मचारी संघबाट श्रीराम खनाल, एसोसिएट प्राफेसर यमकृष्ण पौडेललगायतले सामूहिक प्रयासबाट मात्रै कलेजको उन्नति हुनसक्ने बताए ।

कार्यक्रममा कलेजमा २० वर्ष सेवा अवधि पूरा गरेका एकजना पूर्व उपप्राचार्य दीपक धामी र चार जना कर्मचारी गरी कुल पाँंचजनालाई नगद, प्रमाणपत्र, दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा प्राध्यापकहरुमा धामी एकजना मात्रै थिए । कर्मचारीहरुतर्फ भने नारायण पराजुली, शैहला जोशी, विष्ण्ुावहादुर संग्रौला र प्रकाश कार्की रहेका थिए ।

यसअघि कलेज सञ्चालक समितिका संस्थापक अध्यक्ष स्वर्गीय दीपक भटराईको शालिकमा माल्यार्पण गरिएको थियो । संस्थापक अध्यक्ष भटराईको स्मरणमा कलेज परिसरमा उनको शालिक बनाइराखेको छ ।