ताजा अपडेट

ट्रेन्डिङ

चेम्बर अध्यक्ष राजेन्द्र मल्ल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा नियुक्त

Gyan Khabar

ज्ञानखबर

आइत, अशोज २१, २०८०
201 पटक हेरिएको
चेम्बर अध्यक्ष राजेन्द्र मल्ल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा नियुक्त

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्या परिषद् सदस्यमा नियुक्त भएका छन् ।

नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी ऐन २०७४ बमोजिम विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषद्को सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो ।

विद्या परिषदले व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत रहेर नयाँ शैक्षिक पेशागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने जनाइएको छ ।

स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरूमा अनुसन्धान, पेशागत कार्यक्रम तय गर्ने कार्यविधि निर्धारण समेत गरिएको अध्यक्ष मल्ले बताए ।

अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिविधि, व्यापार अनुभव एवं अर्थतन्त्रको बारे विद्यार्थीहरुसँग अनुभव आदानप्रदान समेत गर्ने बताए ।