ताजा अपडेट

ट्रेन्डिङ

नेशनल प्याब्सन काठमाडौँको पदस्थापन, दशैं मिलन तथा एसईई सम्मान कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, अशोज २३, २०८०
341 पटक हेरिएको
नेशनल प्याब्सन काठमाडौँको पदस्थापन, दशैं मिलन तथा एसईई सम्मान कार्यक्रम सम्पन्न

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिले पदस्थापन, दशैं मिलन तथा एसईई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि नेशनल प्याब्सन काठमाडौँले सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा काठमाडौँ जिल्ला समितिका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । भदौ २७ गते काठमाडौमा एक कार्यक्रम गरि काठमाडौँ जिल्लाको ८ औँ अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले अमृत खड्काको नेतृत्वमा जिल्ला समिति चयन गरेको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता आनन्द पोखरेलले विद्यालयहरुले विद्यार्थीहरुलाई राष्टभक्ति युक्त शिक्षा दिनुपर्नेमा जोड दिए । उहाँले देश सुहाउने शिक्षा अहिलेको आवश्यकता भएकोले विद्यालय संचालकहरुले त्यसतर्फ जोड दिनुपर्ने बताए । विद्यार्थीहरु पढाईका लागि देश बाहिर जाने क्रम बढ्दो रहेकाले विद्यार्थीहरुलाई देशभित्रै रोक्नुपर्नेमा जोड दिए ।

यस्तै कार्याक्रममा बोल्दै नेसनल प्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाहीले नेशनल प्याब्सनमा देखिएको विवाद सबैले मिलेर सामाधान गुर्नपर्ने बताए । नेशनल प्याब्सनलाई जोगाउनु सबैभन्दा उत्तम कार्य भएको भन्दै सहमति कार्यान्वयन गर्नुपर्ने उहाँको तर्क थियो । कसैले पनि संगठनमाथि धावा बोल्न नहुने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला अध्यक्ष अमृत खड्काले नेशनल प्याब्सन काठमाडौँ एक ढिक्का भएको बताउनुभयो । उहाँले आफुलाई जिल्लाको नेतृत्व गर्न अवसर दिएको भन्दै सम्पुर्णमा धन्यवाद समेत व्यक्त गरे । आगामी दिनहरुमा शिक्षा क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हकहितका लागि नेशनल प्याब्सन काठमाडौँ एक ढिक्का भएर लाग्ने बताए । विद्यार्थीहरुको शैक्षिक गुणस्तर, शिक्षकहरुको पेशागत क्षमाता अभिवृद्धि, लगानीकर्ताको लगानी सुरक्षित र अभिभावकहरुका सपना साकार पार्न नेशनल प्याब्सन काठमाडौँ प्रतिबद्ध भएको बताए ।

FB IMG 1696989523184

कार्यक्रममा नेशनल प्याब्सनमा आवद्ध विद्यालयका एसईईमा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो भने उत्कृष्ट नतिजा ल्याएन भुमिका खेलेका विषय शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नेशनल प्याब्सनका पदाधिकारी, पूर्व पदाधिकारी, विद्यालय संचालक, प्रिसिन्पल लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन नेशनल प्याब्सन काठमाडौँ जिल्लाका प्रथम उपाध्यक्ष प्रेमकुमार भुजेलले गरेक ा थिए ।