ताजा अपडेट

ट्रेन्डिङ

धनगढीले निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने

Gyan Khabar

ज्ञानखबर

बुध, मंसिर ६, २०८०
178 पटक हेरिएको
धनगढीले निजी स्रोतका शिक्षकलाई नगर शिक्षक बनाउने

धनगढी उपमहानगरपालिकाले निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने भएको छ । नगर कार्यपालिकाको बैठकले विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षक बनाउने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले विद्यालयमा निजी स्रोतमा राखेका शिक्षकलाई आवश्यकताका आधारमा नगर शिक्षक बनाएर उनीहरूको सेवा, सुविधा उपमहानगरपालिकाबाटै ब्यहोर्ने निर्णय गरेको जनाएको छ ।

निजी शिक्षकको लागि उमेर हद नलाग्ने उपमहानगरपालिकाले जनाएको छ । तर निजी स्रोतबाट पदपूर्ती नभएमा खुल्ला रुपमा प्रतिस्पर्धा गराई योग्य व्यक्ति छनौट गरिने उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिकामा हाल एक सय ५९ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् ।