ताजा अपडेट

ट्रेन्डिङ

जय भिमसेन सहकारीको १६ औं साधारण सभा तथा ६ औं अधिवेशन सम्पन्न

Gyan Khabar

ज्ञानखबर

९ मङ्सिर २०८०, शनिवार
294 पटक हेरिएको
जय भिमसेन सहकारीको १६ औं साधारण सभा तथा ६ औं अधिवेशन सम्पन्न

बागमति प्रदेशका सभासद एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसांइको प्रमुख आतिथ्यमा जय भिमसेन बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा तथा ६ औं अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा इजरायल र प्यालेस्टाइनको युद्धमा निर्दोष बाल बालिकाको हत्या भएको र औषधी अभावका कारणले धेरै बाल बालिकाहरूले उपचार नपाइ ज्यान गुमाउनु परेकोमा त्यस्तो अत्याचारपूर्ण कार्यको विरोध गर्नुपर्ने उनले बताए ।

संस्थाका अध्यक्ष राम काजी शिल्पकारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समुदायमा आधारित सहकारीहरूसँग मात्र आर्थिक कारोबार गर्नुपर्ने कुरामा निवर्तमान अध्यक्ष रत्न बहादुर शिल्कारले जोड दिए ।

संस्थाका सल्लाहकार पुरूषोतम ग्वाछाज्यूले समाजको आर्थिक तथा सामाजिक विकासका लागि समुदायमा आधारित सहकारीहरूको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो भने विगत १ वर्षमा सहकारीबाट ठगीमा परी उजुरी बढी मात्रामा पर्ने गरेकोले बढी ब्याजको लोभमा पर्न नहुने कुरामा संस्थाका कानूनी सल्लाहकार एवं अधिवक्ता राम प्रसाद प्रजापतिले बताए ।

कार्यक्रमका विशेष अतिथिका रूपमा भ.न.पा. वडा नं ७ का वडा अध्यक्ष उकेश कवांज्यूले समाजमा सदभाव र सहयोगका भावना विकासमा सहकारीको अहमं भूमिका रहेको तथ्य प्रस्तुत गर्नुभयो र पारदर्शिता कायम गर्नका लागि भक्तपुर नगरपालिकाले नियमित रूपमा सहकारीहरूको अनुगमन गर्दै आएको बताए ।

साथै ६ औं अधिवेशनबाट आगामी ४ वर्षका लागि दश बहादुर मानन्धरज्यूको अध्यक्षतामा उपाध्यक्ष देवभक्त गोसाँइ सहितको नयाँ सञ्चालक समिति तथा बुद्ध राम शिल्पकारको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसहमतमा नियुक्त भएको निर्वाचन संयोजक श्री दिनेश सुवालले जानकारी दिंदै सदस्यहरूको माया तथा विश्वासको मतको कदर गर्दै संस्थालाइ अझ अगाडि सफलतापूवर्क लैजान सकुन भनि बधाइ तथा शुभकामना ब्यक्त गरे।

कार्यक्रममा असल बचतकर्ता तथा असल ऋणीलाइ सम्मान गर्नुका साथै जेष्ठ सदस्यहरूलाइ सम्मान गर्दै दोसल्ला तथा सम्मानपत्र वितरण गरेको साधारणसभाका संयोजक बुद्ध रामशिल्पकारले जानकारी दिए ।