ताजा अपडेट

ट्रेन्डिङ

विनायक शिक्षा निकेतनमा ICMAS च्याम्पियनसिप सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, मंसिर २७, २०८०
364 पटक हेरिएको
विनायक शिक्षा निकेतनमा ICMAS च्याम्पियनसिप सम्पन्न

विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि विभिन्न क्रियाकलापका माध्यमबाट प्रगतिशील सोचका साथ शिक्षा प्रदान गरिरहेको विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरले आज आन्तरिक ICMAS च्याम्पियनसिप प्रतियोगिताको सम्पन्न गरेको छ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको उक्त प्रतियोगिता प्राथमिक तहका शिक्षक शिक्षिका तथा ICMAS नेपालका प्रतिनिधिहरूको प्राविधिक संयोजनमा आयोजना गरिएको थियो । हरेक कक्षाबाट 20/20 जना विद्यार्थी छनोट गरी आयोजना गरिएको उक्त कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा बोल्दै विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले ICMAS विद्यार्थीहरूको मानसिक तथा सोचनीय क्षमतालाई फराकिलो पार्ने एक प्रगतिशील सोचको सिकाइको माध्यम भएको र यसले विद्यार्थीमा गणितीय समस्याको समाधान बारे जानकारी दिने भएकाले विद्यालयले यसलाई सिकाई क्रियाकलापको माध्यम बनाएको कुरा बताए ।

त्यस्तै अभिभावक अतिथि उषा श्रेष्ठले विद्यालयले पढाइका साथसाथै विद्यार्थीको मानसिक क्षितिजलाई फराकिलो पार्ने विभिन्न गतिविधि गरेकोमा विद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

vs ismas1

सो प्रतियोगितामा हरेक कक्षाबाट उत्कृष्ट हुन सफल तिन तिन जना विद्यार्थीहरूलाई उत्कृष्ट ठहर गर्दै ट्रफी, पुरस्कार र सर्टिफिकेट प्रदान गरिएको थियो भने उक्त कार्यक्रमको अवलोकन पश्चात विद्यार्थीको क्षमता र शिक्षक शिक्षिकाहरूको सिकाइको मुक्तकण्ठले प्रशंसा गर्दै अभिभावकहरूले विद्यार्थीका सर्वाङ्गिण विकास हुने यस्ता किसिमका कार्यहरु निरन्तरता दिँदै जानुपर्छ भन्ने सुझाव पनि राखेका थिए।