ताजा अपडेट

ट्रेन्डिङ

मकवानपुर बहुमुखी क्याम्पस अब प्रादेशिक विश्वविद्यालय

Gyan Khabar

ज्ञानखबर

बुध, पुस ४, २०८०
377 पटक हेरिएको
मकवानपुर बहुमुखी क्याम्पस अब प्रादेशिक विश्वविद्यालय

बागमती प्रदेश सरकारले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैैठकले प्रदेशको केन्द्रीय क्याम्पसको रुपमा उक्त क्याम्पसलाई विकास गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

‘आज यही निर्णयको लागि मात्रै प्रदेशको मन्त्रिपरिषद् वैठक बसेको थियो । जसरी कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस छ, त्यसरी नै बागमती प्रदेशको प्रदेश विश्वविद्यालय मकवानपुर बहुमुखी हुन्छ’ उनले भने । केही दिनमा नै कार्यालय स्थापना गरेर विश्वविद्यालयको लागि प्रक्रिया सुरु गरिने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

मकवानपुर बहुमुखी क्याम्पसमा अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकमा मानविकी, वाणिज्य, शिक्षा र विज्ञान संकाय तथा स्नातकोत्तरमा वाणिज्य, मानविकी र शिक्षा संकाय पढाइ भइरहेको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिए ।