ताजा अपडेट

ट्रेन्डिङ

माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला

Gyan Khabar

ज्ञानखबर

आइत, पुस ८, २०८०
863 पटक हेरिएको
माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ ।

सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

इच्छुक उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np  मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिन सक्नेछ ।

mavi 3rd 1