ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुर नगरपालिकामा एसइइ तयारी परीक्षा सुरू

Gyan Khabar

ज्ञानखबर

बुध, पुस २५, २०८०
353 पटक हेरिएको
भक्तपुर नगरपालिकामा एसइइ तयारी परीक्षा सुरू

भक्तपुर नगरपालिकाद्वारा भक्तपुर नगरभित्र सञ्चालित सामुदायिक, संस्थागत र गुठीमा सञ्चालित सबै प्रकारका विद्यालयहरूका लागि लिइने एसइइ तयारी परीक्षा पुस २५ गते वुधबारबाट सुरू भएको छ ।

भक्तपुर नगरभित्र सञ्चालित एक खुलासमेत १४ वटा सामुदायिक र ४५ वटा संस्थागत गरी जम्मा ५९ वटा विद्यालयबाट २ हजार ४ सय ५५ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका छन् । १४ वटा सामुदायिक विद्यालयमा एक खुला विद्यालयसमेत गरी सामुदायिक विद्यालयबाट ४ सय ५२ जना छात्रा र ३ सय ७१ जना छात्र गरी जम्मा ८ सय २३ जना विद्यार्थी सहभागी भएका छन् ।

त्यस्तै ४५ वटा संस्थागत विद्यालयबाट ७ सय १५ जना छात्रा र ९ सय १७ जना छात्र गरी जम्मा १ हजार ६ सय ३२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । भक्तपुर नगरभित्र सात वटा परीक्षा केन्द्रमा सुरू भएको परीक्षा माघ ७ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

भक्तपुर नगरपालिकाले विद्यार्थी र जिल्लाको शैक्षिक स्तर वृद्धि गर्न गत वर्षदेखि कक्षा १० को एसइइ तयारी परीक्षा र कक्षा ५ को वार्षिक परीक्षा सुरू गरेको थियो । यस वर्षको कक्षा ८ को आधारभूत शिक्षा (कक्षा ८) परीक्षा र कक्षा ५ को वार्षिक परीक्षा भने चैतको पहिलो साताबाट सञ्चालन हुनेछ ।