ताजा अपडेट

ट्रेन्डिङ

युवाहरु देशमै वस्ने खालको शिक्षा ऐन बन्नुपर्छ

Gyan Khabar

ज्ञानखबर

२९ पुस २०८०, आईतबार
181 पटक हेरिएको
युवाहरु देशमै वस्ने खालको शिक्षा ऐन बन्नुपर्छ

नेसनल प्याव्सन भक्तपुरले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान एवं संसदमा पेश भएको शिक्षा विधेयककोबारेमा छलफल चलाएको छ ।

होटल सिटी गाऊ भक्तपुरमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला अध्यक्ष संजय खड्काले २६ औँ स्थापना दिवस मनाइरहदा समेत देशको शिक्षाको अवस्थालाई हेर्दा खुशी हुने अवस्था नरहेको बताए । निजी लगानीको विद्यालयलाई हाल गुठीमा लैजानुपर्छ भन्ने बहस चलिरहेको छ, यो अवस्थाले विद्यालय शिक्षामा केही सुधारोन्मुख भएको बेला यसलाई पनि ध्वस्त पार्ने खेल भएको आरोप उनले लगाए । खड्काले सार्वजनिक विद्यालय सुधार गर्दै लगिनु पर्छ, सामुदायिक शिक्षाले समग्र देशको शिक्षालाई निशुल्क र अनिवार्य गराएर गुणस्तरमा वृद्धि गर्दै लगे पछि निजीको आवश्यकतामा कमि स्वत आउनेछ । त्यसैले तत्काल निजीलाई आक्रमण गर्ने बन्द गराउने खालको शिक्षा निती ल्याएमा कक्षा १२ सम्मको आत्मनिर्भर भएको शिक्षामा पनि गुणस्तर शिक्षाको खोजीमा छिमेकी देशमा हाम्रा बालबालिका पढाउन पठाउने दिन आउन सक्छ । अध्यक्ष खड्काले अब कम्पनीमा चलेका निजी विद्यालयहरुलाई गुठीमा जान स्वेच्छिक गरिनु पर्छ । साथै उच्च शिक्षामा सीप र प्रविधि सहित रोजगार हुने शिक्षा ऐन ल्याइ यूवा शक्तिलाई विदेश पलाएन हुनबाट रोक्नु पर्ने कुरा बताए ।

नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयका संचालकहरुको उपस्थितिमा गरिएको सो कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सदस्य एवं जिल्लाका सल्लाहकार जिबि खड्काले अब हामीले हाम्रो विद्यालयलाई थप लगानी गरी सुधार्दै लैजानु पर्दछ र अभिभावकहरुको चाहना बमोजिम युग सुहाउँदो शिक्षा दिनु पर्दछ भन्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, जिल्ला बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापामगर, कोषाध्यक्ष विक्रमथापा लगायत जिल्ला पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यहरु सबैले आ-आफ्नो धारणा प्रस्तुत गर्दै निजी लगानीमा संचालन भएको विद्यालहरुको सम्पत्तिको सुरक्षा गर्नु पनि सरकारको दायित्व हो भने । हाल सम्म निजी स्कुलले गरेको योगदानलाई पनि मूल्याकंन गरी आउने शिक्षा ऐनमा उपर्युक्त स्थान दिनु पर्नेमा सबैले जोड दिएका थिए । साथै रोजगार र सुनिश्चित भविष्यको खोजीमा उच्च शिक्षा पढ्ने बाहनामा हजारौं यूवाले देश छोडिरहेको अवस्थामा अबको शिक्षा ऐनले यूवाहरु देशमा नै अवसर पाउने खालको निर्माण गर्नु पर्दछ यसमा निजी स्कुलले खेल्नु पर्ने भूमिकामा सदैव तयार रहने निजी विद्यालय संचालकहरुको भनाई थियो ।