ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा फुड फेस्टिभल कार्यक्रम

Gyan Khabar

ज्ञानखबर

२९ माघ २०८०, सोमबार
257 पटक हेरिएको
विनायकमा फुड फेस्टिभल कार्यक्रम

स्वच्छ खाना, स्वच्छ दिमाग विद्यार्थीको सर्वाङ्‌गीण विकास : ज्ञानको खुराक भने मुलमन्त्रलाई आत्मसात गर्दै आएको शिक्षा, संस्कृति र सभ्यताको धरोहर विनायक शिक्षा निकेतन ई स्कुल, मध्यपुर ठिमी भक्तपुरमा विनायक फुड फेस्टिभल २०८० कार्यक्रमको आयोजना गरेको छ ।

विशेष गरेर कालिला मन र मस्तिष्कमा परम्परागत खाना र यिनीहरुले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताए ।

आधारभूत तह अन्तर्गत कक्षा १.२,३ का बिद्यार्थीहरूका लागि प्रतियोगितात्मक रूपमा आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरुलाई घरमै बनाइने स्वच्छ तथा स्वस्थकर खाना, यसका परिकार, यिनीहरुले मानव स्वस्थमा पार्ने सकारात्मक प्रभाव र पत्रु खाना (Junk food) बाट विद्यार्थीलाई टाढै राखी घरमै बनाइने खानालाई खाजाको रुपमा प्रोत्साहन गर्नु रहेको सहायक प्रिन्सपल प्रेमप्रसाद निरौलाले जानकारी गराए ।

कक्षा १,२ र ३ का शिक्षिकाहरुको संयोजनमा आयोजित उक्त कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई. “प्रोत्साहन स्वरूप पुरस्कार बितरण समाजसेवी ज्ञानदेब श्रेष्ठबाट गरिएको थियो । अभिभावकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अभिभावकहरुले बाल सचेतना गराउने यस्ता कार्यले विद्यार्थीहरुमा स्वच्छ खाजा र खानाबारे जानकारी दिने यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने कुरा बताएका थियो।