हिसानभक्तपुर र एस. एस. कलेजको संयुक्त आयोजना एवम् भक्तपुर तानडोरी संघको प्राविधिक सहयोगमा +२ स्तरीय भक्तपुर हिसानतानडोरी प्रतियोगिता फाल्गुण ३ गते विहीबार मध्यपुर थिमि–०६ स्थित कमेरोटार खेलमैदानमा सम्पन्न भएको छ ।
भक्तपुरमा कक्षा ११/१२ सञ्चालन गरिरहेका मध्ये ७ वटा कलेजहरुः आयोजक एस.एस. कलेज, भक्तपुर इङ्लिस स्कुल, जनप्रेमी वल्र्ड स्कुल, विनायक शिक्षा निकेतन, मार्र्डन कलेज, सिवर्ड कलेज र काठमाडौं वल्र्डका विद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामाछात्रतर्फ सिवर्ड कलेज प्रथम र मार्र्डन कलेज द्वितीय तथा छात्रातर्फ विनायक शिक्षा निकेतन प्रथम र जनप्रेमी वल्र्ड स्कुल द्वितीय हुन सफल भए ।
प्रतियोगितामा उद्घाटन मन्तव्य राख्नुहुदै एस. एस. कलेजका प्राचार्य राजन काफ्लेले प्रतियोगितमा जो विजयी भएपनि समग्र हिसान र यसका सबै सदस्यहरुले जित्ने बताउदै विद्यार्थीको क्षमता अभिवृद्विमा सधै साथ रहने प्रतिबद्वता ब्यक्त गरे भने हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले भक्तपुर हिसान जिल्ला र केन्द्रस्तरमा बिद्यार्थीहरु बिच यसप्रकारका बिभिन्नप् रतिस्पर्धा गराउन लागि परेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि वडा नं. ६ का वडाध्यक्ष ज्ञानदास प्रजापतिले आवश्यक सहयोगको निरन्तरतामा प्रतिबद्वता ब्यक्त गरे । एस. एस. कलेज ब्यबस्थापन समितिका अध्यक्ष केदार खड्काले तानडोरी खेललाई बिद्यालयस्तर सम्म पुर्याएर बिद्यालय स्तरबाटै खेलाडि उत्पादन गर्नमा लाग्नुपर्ने र त्यसको लागि आवश्यक सहयोगको निम्ति एस. एस. कलेज सधै तत्पर रहेको बताए ।
मध्यपुर थिमिनगरपालिका शिक्षा शाखाप्रमुख ज्ञानेन्द्र प्रसाद भट्ट, नेपालतान डोरी संघका केन्द्रीय उपाध्यक्ष भुवनलाल श्रेष्ठ,जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निर्मल कुमार भट्टराई, कलेज व्यवस्थापन समितिका उपाध्यक्ष जीवनश्रेष्ठ, हिसान भक्तपुरका उपाध्यक्ष निरु ढकाल, भक्तपुर तान डोरी संघका अध्यक्ष कृष्ण कार्की, उपाध्यक्ष आशहरी प्रजापति, सचिव राजु प्रजापति लगायतको उपस्थिति रहेको थियो।